जापानमा बन्यो उड्ने बाइक, मूल्य ८ करोड

लोकखबर
१४ कार्तिक २०७८, आईतवार १६:१२

जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ । बीबीसका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक बिक्रीका लागि राखिएको छ । होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिश’ बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको हो।

उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ । टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ ।

एकचोटि चार्ज गरेपछि यो बाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ।

निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ । इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन्।

आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ । प्रत्येक होभरबाइकमा एउटा परम्परागत इन्जिन र ब्यटरीजडित चारवटा मोटरहरू छन्। एजेन्सी

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*