सामूहिक जमरास्थलमा दशैंघर निर्माण सुरु

६७ लाखको लागत
लोकखबर
५ बैशाख २०८२, शुक्रबार १०:०४

विदुर–नुवाकोटको धार्मिक तथा ऐतिहासिक बेलकोटगढीमा जमराघरको निर्माण सुरु भएको छ । शिलान्याससंगै निर्माण सुरु भएको हो ।
बेलकोटगढी नगरपालिका १० वेलकोट टाकुरोमा रहेको निरन्जना भगवती मन्दिर नजिकै नयाँ जमराघर निर्माण कार्य औपचारिक रुपमा सुरु भएको हो । बेलकोटगढीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामातामाङले जमराघरको शिलान्यास गरेका हुन् ।
यससंगै जमराघरको निर्माण कार्य सुरु भएको हो । कार्यक्रममा मुख्यमन्त्री लामाले उनले नेपालको संस्कृति, परम्परा, ऋतिरिवाज पहिचान भएका कारण यसको संरक्षण र सम्वद्र्धन आवस्यक रहेको वताए ।
उनले वागमति प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षमै २० लाख रुपैयाँको बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जमरा घर निर्माण र बेलकोटगढीलाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि थप सहयोग गर्नको लागि विभिन्न निकायसँग समन्वय गर्नेसमेत वताए ।
जमराघर निर्माणका लागि संघीय सरकारले ९ लाख रुपैयाँ सशर्त अनुदान उपलब्ध भएको छ । ६७ लाख रुपैयाँको लागतमा दशैंघर निर्माणको काम अघि बढेको बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले बताए ।
बेलकोटगढीको निरन्जना (हाल बेलकोटगढी–१०) मा पृथ्वीनारायण शाहले जयनत रानाामाथि विजय प्राप्त गरेदेखि नै वडादशैँका बेला सामूहिक रूपमा जमरा राख्ने परम्परा चलिआएको छ । जमराघरका लागि नेपाली सेनाले १० लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।
अहिले पनि तीनसय वढि घरधुरीले सामूहिक रुपमा जमरा राख्ने चलन कायम रहेको छ । यसका साथै संघ, प्रदेश र बेलकोटगढी नगरपालिकाको तीन वर्षको आर्थिक सहयोगमा झण्डै एक करोड रुपैयाँको लगानीमा निर्माण भएको नवनिर्मित निरञ्जना भगवती मन्दिरमा औपचारिक रुपमा पुजाआजा सुरु गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *