पुर्वमन्त्रि नेपालको निधन
विदुर–नेपालका वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा मंगलवार काठमाडौको थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको हो ।
उहांको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । विभिन्न पटक मन्त्रि हुनुभएका नेपाल एक वहुप्रतिभाशाली लेखक तथा साहित्यकारसमेत हुनुहन्थ्यो । 
७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिनअघि अस्पताल भर्ना गरिएका नेपाललाई आईसीयूमा सारिएको थियो ।
नेता नेपाल २०१० साल पुस २८ गते भोजपुरको पोखरे गाउँमा जन्मिनुभएको हो । एमाले वृत्तमा प्रष्ट विचार, गहिरो मिजासका बौद्धिक नेताको परिचय बनाएका उहाँले २०२६ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको शुरुआत गर्नुभएको थियो ।
नेपाल सूचना तथा सञ्चार, जलस्रोत, स्वास्थ्य तथा शिक्षा तथा खेलकुदमन्त्री बन्नुभएको थियो । साहित्यकारसमेत रहेका नेपालका उपन्यास, कथा, गीत, नियात्रालगायतमा कलम चलाउनुभएको थियो ।
२०८० साल चैत ३० मा भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा अचानक बिरामी परेपछि उहाँ सार्वजनिक कार्यक्रममा निष्क्रिय हुनुभएको थियो । दिवंगत नेता प्रदीप नेपालको पशुपति आर्यघाटमा वेलुकी अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको हो ।
नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित हुनुहन्थ्यो । अन्त्येष्टिअघि नेपालप्रति नेकपा (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेता सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले)का महासचिव सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
एमाले पूर्वस्थायी समिति सदस्यसमेत रहेका नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले र एकीकृत समाजवादीका पदाधिकारी, सांसद, पूर्वमन्त्री, नेता तथा कार्यकर्ता, शुभेच्छुक र आफन्तजन ठूलो सङ्ख्यामा पशुपति पुगेका थिए । लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट समेत प्रगतिशील साहित्य क्षेत्रमा चिनिनुभएको थियो ।
स्व. नेपाल २०५१ सालमा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत हुनुहुथ्यो ।स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय नेपाल राजनीतिमा निष्क्रिय रहनु भएको थियो । राजनीति तथा साहित्य दुवै क्षेत्रमा उहांका धेरै फ्यानहरु रहेका छन् ।











































