छात्रवृत्तिका लागि पुर्व विद्यार्थीको सहयोग
विदुर-नुवाकोटको लिखु गाउंपालिका ४ चौघडामा रहेको क्षेत्रपाल माविमा छात्रवृत्ति प्रदान गर्न पूर्व विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । सांढे दुई लाख रुपेया भन्दा वढि आर्थिक सहयोग गरेका छन् ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको छात्रवृत्ति स्थापनाका लागि पूर्व विद्यार्थीले आर्थिक सहयोग गरेका हुन् । विद्यालयका पूर्व विद्यार्थी रामभक्त सुनारले आफ्ना पिता चिजकुमार सुनार र माता टीकामाया सुनारको स्मृतिमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले दुई लाख एकाउन्न हजार रूपैयाँ राशिको अक्षय कोष स्थापना गर्न विद्यालयलाई नगद हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीले जानकारी दिए ।
विद्यालयमा पुगेर सुनार परिवारले उक्त रकम हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र राई शिक्षक, कर्मचारीहरुको उपस्थितिमा छात्रवृत्तिका लागि उक्र रकम हस्तान्तरण गरिएको थियो ।
विद्यालयले सुनार परिवारलाई सम्मान समेत गरेको थियो । विद्यालयले सुनार परिवारले गरेको सहयोगले सामुदायिक विद्यालयको स्तरमा सुधार हुनुका साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न सहयोग पुगेको जनाएको छ ।
नुवाकोटको नमूना विद्यालयका रुपमा रहेको उक्त विद्यालयमा हाल पाँचसय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।











































