वित्तिय संस्थाले दियो विद्यार्थीलाई छात्रवृत्ति
विदुर–नुवाकोटको ढिकुरेमा दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति उत्साहति भएका छन् ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था ढिकुरले दुई जना छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरेको हो । सुर्यगढी गापा ५ का रंजित नेपाली र लिखु गापा ५ की एलिशा श्रेष्ठलाई सो वित्तिय संस्थाले जनही १०/१० हजार रुपैया छात्रवृत्तिवापत वितरण गरेकाृे हो ।
लिखु गापा १ का वडा अध्यक्ष नरहरि पाण्डेले कार्यक्रमकावीच शाखाको तर्फबाट उक्त छात्रबृत्ति रकम विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । छात्रबृत्ति बितरण गर्दैै वडाध्यक्ष पाण्डेले यसवाट विद्यार्थीहरुलाई अध्ययनमा सहजता भएको वताए ।

उक्त वित्तिय संस्थाले ग्रामीण क्षेत्रमा रहेका पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्नुका साथै ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागी, लगायतका घटनाका पीडितको घरमै गएर क्षतिपूर्तिको ब्यवस्था समेत गर्दै आइरहेको छ ।
यसका साथै संस्थाले सिपमूलक तालिम, उद्यमशीलता विकास कार्यक्रम, वित्तिय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै सेवाग्राहीहरुको आर्थिक, शैक्षिक, सामाजिक, वौंद्धिक विकासमा टेवा पु¥याउंदै आएको संस्थाले जनाएको छ ।












































