स्वास्थ्यचौकीलाई आधुनिक उपकरण
उपचारमा सहजता
विदुर–नुवाकोटको उत्तरी ग्रामीण भेगमा रहेको स्वास्थ्य केन्द्रलाई आधुनिक उपकरण प्दान गरिएको छ । तादी गाउंपालिका १ उर्लेनीस्थित स्वास्थ चौकीमा विभिन्न स्वास्थय उपकरणहरु हस्तान्तरण गरिएको हो ।
जिपी कोइराला अध्ययन केन्द्रमार्फत उर्लेनी स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सल्ट्रेटर, अक्सोमिटर, औषधि लगायत ८० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको केन्द्रका महासचिव निरन्जन थापाले जानकारी दिए । ति स्वास्थ्य सामग्रीहरु स्वास्थ्य चौकीका प्रमुख पाण्डवराज थापालाई हस्तान्तरण गरिएको हो ।

जिपी कोइराला अध्ययन केन्द्रको संयोजनमा स्वास्थ्य सामग्रीहरु प्राप्त भएपछि गाउंमा रहेका विरामीहरुलाई उपचार गर्न सहज भएको उर्लेनी स्वास्थ्यचौकीले जनाएको छ । उर्लेनी तामाङ समुदायको उल्लेख्य वसोवास रहेको स्थान हो ।












































