८४ मा चुनाव जितेर शासन गर्न राजावादीलाई प्रचण्डको चुनौती

शेरा दरवारको मुद्धा छानविनको माग
लोकखवर विशेष संवाददाता
२०८२ जेष्ठ १७, शनिबार ११:४७

विदुर–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा राजावादीलाई चुनाव जितेर देशमा शासन गर्न चुनौती दिएका छन् । उनले राजावादीले अनावस्यक रुपमा संविधान विरोधी गतिविधि गरिरहेकोसमेत वताए ।
नुवाकोटको विदुरमा शनिवार प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आगामी २०८४ सालको निर्वाचनमा वहुमतसहित जितेर देशको शासनसत्ता आफ्नो हातमा लिन चुनौती दिएका हुन् । अध्यक्ष प्रचण्डले यहि संविधान अनुसार देशले मुहार फेर्नेसमेत वताए ।
माग र विरोधका कार्यक्रम गर्ने वहानामा राजावदीहरुले जनतालाई उक्साइरहेको प्रचण्डले वताए । उनले यो व्यवस्थालाई आत्मसात गर्न नसक्ने शक्तिहरुले संविधान विरोधी गतिविधि गरिरहेको आरोप लगाए ।

सरकार र सरकारमा सहभागी दलहरुको कारण राजावादीका नाममा अनेक गतिविधि हुन थालेको उल्लेख गर्दै प्रचण्डले अवको निर्वाचनमा जनतामाझ गएर वहुमतसहितको चुनाव जितेर व्यवस्ता परिवर्तन गर्न राजावादीहरुलाई चुनौती दिए । सरकारमा रहेका दलहरु सच्चिएमा त्यस प्रकारका गतिविधि अन्त्य भएर जानेसमेत उनको ठम्याई छ ।
गृहमन्त्रि रमेश लेखकले राजीनामा दिनु पर्ने आफ्नो दलको वटमलाइन रहेको वताउंदै प्रचण्डले नैतिकताका आधारमा गृहमन्त्रिले राजीनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्ने वताए । नेपालमा अरु मन्त्रिहरुलेसमेत आफुलाई आरोप लाग्दा नैतिकताका आधारमा राजीनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गरेको उदाहरण दिदै अध्यक्ष प्रचण्डले गृहमन्त्रिले राजीनामा नदिएसम्म अन्य विषय अगाडि वढ्न नसक्ने वताए ।
अध्यक्ष ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन् । अनेक गतिविधिका कारण गणतन्त्रलाई समस्यामा पार्न खोजिएको र त्यो जुनसुकैले गरेपनि दिवास्वप्न मात्रै भएको वताए ।

अर्को प्रसंगमा पुर्व प्रधानमन्त्रिसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरवार प्रकरण आफु विरुद्धको षडयन्त्रको एउटा नमूना मात्रै भएको वताए । मैले भनेको छु, यसमा मलाई छानविन सुरु गरियोस भने, तर, छानविन किन गरिएको छैन, म आफैं अचम्ममा परेको छु ।
उनले विदुर नगरपालिका २ तादी नदी किनारामा रहेको शेरा दरवार प्रकरण यतिखेर टाइंटाइफिस भएको दावी गरे । खुल्ला रुपमा मैले आफु संलग्नता छैन, छानविन गरियोस भनिरहेको छु । तर, किन छानविन हुदैन? भनेर प्रतिप्रश्न गरे ।
उनले वर्तमान सरकार देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जनभावना अनुसार चल्न नसकेको वताए । सरकार र सरकारमा रहेका दलहरुको गतिविधि हेर्दा आफ्नो दललाई फाइदा पुगिरहेको अध्यक्ष प्रचण्डले वताए ।
यो सरकार जति समय रहन्छ, कांग्रेस र एमालेलाई घाटा अनि वदनाम िमात्रै भइरहेको उनले आरोप लगाए । आफ्नो दल माओवादीलाई जनतामा पुगेर आफ्ना धारणाहरु राख्न पाउंदा फाइदा पुगेको वताए ।

सरकर परिवर्तनको खेलमा माओवादी नलागेको उनले दोहो¥याए । प्रचण्डले यो सरकार कुन वेला आफ्नै वोझले ढल्छ, कसैलाई थाहा नभएको टिप्पणी गरे ।
देशमा गणतन्त्रको रक्षा, स्थायी शान्तिको वाटो र जनताको आवाजलाई माओवादीले मात्रै पुरा गर्न सक्ने उनले वताए । अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अहिले अपरिहार्य रहेकोसमेत बताए ।
पूर्वप्रधानमन्त्री दाहालले गणतान्त्रिक संंविधानबाट प्रदत्त जनताका मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्ने बताए । व्यवस्थामाथि विभिन्न शक्तिवाट धावा वोलिनु नेपालको स्वाभिमानमाथि आंच पु¥याउन खोजेको उनको भनाई छ ।

 


सर्वाधिक रुचाइएको