स्वास्थ्य सम्वन्धि कविता प्रतियोगिता
विदुर–स्वास्थय सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले नुवाकोटको विदुर नगरपालिकाले विद्यार्थीमाझ अभियान सन्चालन गरेको छ । विद्यार्थीहरुको सहभागितामा विभिन्न स्वास्थ्यमुलक कार्यक्रम प्रवद्र्धन गरिएको छ ।
बिदुर नपा स्वास्थ्य शाखाको संयोजनमा विदुरमा “महिनावारीमैत्री समाजका लागि सहकार्य“ भन्ने मूल नारा साथ विद्यार्थीहरुमाझ कविता प्रतियोगिता गरिएको छ । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई उपमेयर प्रभा बोगटीले पुरस्कृत गरिन् ।

उनले शिक्षासंगै स्वास्थ्य पनि निकै महत्वपुर्ण रहेका कारण विद्यार्थीहरुलाई नै सहभागी गराएर स्वास्थय प्रवद्र्धन गर्दा सकारात्मक धारणाको विकास भएको वताए ।
“महिनावारीमैत्री समाजका लागि सहकार्य“ मूल शिर्षक रहेको कविता प्रतियोगितामा रणभुवनेश्वरी माविकी मन्जरी घिमिरे प्रथम, चण्डेश्वरी माविकी रेजिना नेपाल द्वितिय र महेन्द्र माविकी श्रेया रिमाल तेश्रो भइन् ।

विजेताहरुले क्रमशः एकहजार, आठसय र ६०० रुपैयाका साथ प्रमाणपत्र प्राप्त गरेको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले वताए । 












































