स्वंसेविका संघको अधिवेसन

न्यौपानेलाई अध्यक्षको जिम्मा
लोकखबर
२०८२ जेष्ठ २५, आईतवार २१:३६

विदुर–विदुर नगरपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविका सङ्घको दोश्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले नयां कार्यसििमत चयन गरेको छ ।
वट्टारवजारमा सम्पन्न अधिवेसनले आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा रमा न्यौपानेलाई सर्वसम्मत् चयन गरेको छ । अधिवेशनले न्यौपानेको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा चोतकुमारी बडाल, सचिवमा सावित्री महतथापा र सह–सचिवमा भवानी पाठक चयन भएका छन् । सदस्यहरुमा उमा मल्ल, रिता आचार्य, सावित्री केसीओझा, कमला आलेमगर, ईश्वरी प्याकुरेल, सावित्री तामाङ, करिना नेपाल, राधिका बस्नेत, पुण्य श्रेष्ठ र सृजना नेपालथपलिया रहेकी छन् ।
अध्यक्ष न्यौपानेले संघलाई स्वंसेविकामैत्री, व्यवस्थित, चलायमान बनाउन विभिन्न क्षमता अभिवृद्धिमुलक कार्यक्रम सन्चालन गरिने प्रतिबद्धता ब्यक्त गरिन् । उनले विदुर नपाले सामुदायिक महिला स्वास्थ्य स्वंसेविकाहरुको वृत्तिविकासमा विशेष कार्य गर्नु पर्ने वताइन् ।

अधिवेसनको उद्घाटन गर्दै विदुर नगरपालिका मेयर राजन श्रेष्ठले स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम र दक्ष बनाउन विदुर नपा तयार रहेको बताए । उनले आवश्यकताको पहिचान गरेर नगरले स्वयंसेविकाहरुलाई विशेष सुविधा दिन सकिने पनि बताए ।
सोही कार्यक्रममा उपमेयर प्रभा बोगटीले महिला सामुदायिक स्वयंसेविकाहरुले आफ्नो समुदाय, टोल र गाउंमा खेलेको भुमिका महत्वपुर्ण र उल्लेखनीय रहेको बताइन् । उनले स्वयंसेविकाहरुले उठाएको सेवा सुविधाको मागहरुलाई स्रोतले भ्याएसम्म पुरा गर्ने वताइन् ।

कार्यक्रममा विदुर १ का वडाध्यक्ष लेनिन रन्जित, २ का वडाध्यक्ष दीपक कायस्थ, ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायतले विदुर नपाका सामुदायि स्वास्थ्य स्वयंसेविकाहरुको विशेष प्रयासले नगरभित्र स्वास्थ्य स्थिति राम्रो रहेको बताए । उनीहरुले स्वयंसेविकाहरुको योगदानको नगरपालिकाले सधैँ कदर गर्ने बताए ।

कार्यक्रममा स्वयंसेविकाहरुले आफुहरुको सेवा सुविधा कम रहेको भन्दै त्यसलाई बढाउन विदुर नपा समक्ष माग गरेका छन् । न्युनतम श्रोत र साधनका भरमा आफुहरुले सामुदायिक रुपमा सेवा दिइरहेकोमा त्यसको मुल्यांकन हुनुपर्ने उनीहरुको भनाई छ ।


सर्वाधिक रुचाइएको