स्वास्थ्यचौकीहरुको मुल्यांकन

– चौघडा प्रथम, विदुरको खड्गभन्ज्याङ
लोकखबर
२०८२ जेष्ठ ३१, शनिबार २१:५९

विदुर– नुवाकोटको लिखुस्थित चौघडा स्वास्थ्य चौकी नुवाकोटमै उत्कृष्ट भएको छ । लिखु गाउँपालिका ४ चौघडामा रहेको चौघडा स्वास्थ्य चौकी नुवाकोटमा प्रथम भएको हो ।
स्वास्थ्य चौकीहरूका लागि निर्धारण गरिएको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा चौघडा स्वास्थ्य चौकीले नुवाकोटका १२ वटै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरू मध्ये ९७ प्रतिशत अंक प्राप्त गर्दै प्रथम स्थान पाउन सफल भएको हो । जिल्लास्तरीय मूल्याङ्कनमा अग्रस्थान प्राप्त गर्न चौघडा स्वास्थ्य चौकी सफल भएकोमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्टता कायम गर्दै नमुना बन्न सफल चौघडा स्वास्थ्य चौकीको उक्त उपलब्धि महत्वपुर्ण रहेको लिखु गापाका प्रमुख प्रशासकीय अधिकृत शेरसिंह रावतको भनाई छ ।
उत्कृष्ट कार्यका लागि इञ्चार्ज नवीन घटाल, स्वास्थ्य चौकी परिवार, व्यवस्थापन समिति अध्यक्ष तथा लिखु ४ का वडाध्यक्ष प्रकाश राई, व्यवस्थापन समिति सदस्यहरू, गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरू, लिखु गापाका जनप्रतिनिधि तथा जिल्ला जनस्वास्थ्य कार्यालयको योगदान रहेको बताइएको छ ।
यता, चालु आब २०८१/०८२ को न्युनतम सेवा मापदण्ड मापन फलोअप कार्यक्रम अन्तर्गत बिदुर नगपालिकाको स्वास्थ्य चौकीहरु मध्यबाट खड्गभञ्ज्यागङ स्वास्थ्य चौकी प्रथम भएका छ । स्वास्थ्य चौकीका ब्यबस्थापन समिति अध्यक्ष तथा बिदुर ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाल, स्वास्थ्य चौकी इन्चार्ज सुनीता न्यौपानेलगायतलाई आयोजित कार्यक्रमकावीच सम्मान गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।


सर्वाधिक रुचाइएको