शिक्षकहरुलाई नेतृत्व विकास कार्यक्रम

विदुर- नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेका विभिन्न विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुका लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम प्रदान गरिएको छ । यसवाट उनीहरुको अध्यापन तथा शैक्षिक गतिविधिमा परिवर्तन भएको जनाइएको छ ।
बेलकोटगढी नगरपालिकाले शिक्षा तालिम केन्द्र धुलिखेलसंगको सहकार्यमा सन्चालित उक्त पाच दिने नेतृत्व तथा क्षमता बिकास तालिमको महादेवफांटमा समापन गरिएको हो । मेयर जगतबहादुर गुरुङले आधुनिक शिक्षामार्फत वेलकोटगढीलाई शैक्षिक स्थल बनाउने अभियान रहेको उल्लेख गदैृ त्यसका लागी प्रधानाध्यापकहरुको भूमिका महत्वपूर्ण रहने बताए ।
गुरुङले शिक्षाको क्षेत्रमा ठूलो रकम लगानी रहेकोमा प्रैतिफल भने कम नै आइरहेको स्वीकार गरे । उनले लगानी अनुसारको प्रतिफलको लागी प्रअहरुलाई निर्देशन दिए ।
उपमेयर शिवप्रसाद दाहालले शिक्षालाई व्यवहारिक र प्राविधिक बनाई सिप र आयआर्जन तथा अनुशासन र नैतिकतासंग समेत जोडेर प्रवद्र्धन गर्नुपर्ने सुझाब दिए ।
शिक्षाको विकासको लागी विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकाले प्रअहरुले पनि कार्ययोजना बनाई शिक्षाको विकासको लागी विद्यार्थीको दक्षता र क्षमताको मापन गर्न निर्देशन दिए ।
कार्यक्रममा सो नपामा रहेका माविका ३० जना प्रअहरुको सहभागिता रहेको थियो । सहभागी प्रअहरुलाई वेलकोटगढी नपाको शिक्षा शाखा र शिक्षा तालिम केन्द्र धुलिखेलका सहजकर्ताहरुले सहजिकरण गरेका थिए ।