त्रिशूली अस्पतालमा अनलाइन टिकेटिङ

–विरामीहरुलाई सुविधा
लोकखबर
२०८२ असार ४, बुधबार २१:१४

विदुर–नुवाकोटसहित तीन जिल्लाका सर्वसाधारणको उपचार हुदै आएको त्रिशूली अस्पतालमा अनलाइन प्रणालीमार्फत टिकटिङ सेवा सुरु गरिएको छ । यसवाट विरामीहरुलाई सुविधा पुगेको छ ।
नुवाकोटको त्रिशूली अस्पताल कोलोनीमा वहिरंग सेवाका लागि अनलाइन टिकटिङ सेवा औपचारिक रूपमा सुरु गरिएको हो । अब सेवाग्राहीहरूले अस्पतालको वेबसाइटमा भिजिट गरेर घर, अफिस, कयाम्पस, विद्याललयवाटै अनलाइन टिकट काट्न सक्ने अध्यक्ष उपेन्द्र वुढाथोकीको भनाई छ ।

उक्त सेवा सुरु भएसँगै बिरामीले अस्पतालको भीडभाडमा घण्टौं लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ । अनलाइन प्रणालीमार्फत सेवाग्राहीले आफ्नो रोगअनुसारको ओपीडी शाखा (विभाग) छानेर आफूले चाहेको मिति र समयको लागि टिकट काट्न सक्ने सुविधा दिइएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाई छ ।
अनलाइन प्रणाली सेवा सहज, छरितो र पहुँच योग्य बनाउन सुरु गरिएको डा. लामाले जानकारी दिए । “सेवाको गुणस्तर बढाउने उद्देश्यले अनलाइन टिकटिङ सेवा सन्चालन गरिएको हो ।”

त्रिशूली अस्पतालमा नुवाकोट, रसुवाका साथै धादिङको उत्तरी भेगका सर्वसाधारणले उपचार सेवा लिदै आएका छन् । दैनिक पांचसय जना भन्दा वढिको परिक्षण तथा उपचार सेवा हुदै आएको छ ।
त्रिशूली अस्पतालको आधिकारिक वेबसाइटमा गई अनलाइन टिकट काट्न सकिने छ । आकस्मिक र वहिरंग दुवै तर्फ विरामीहरुको चाप वढिरहेको छ ।


सर्वाधिक रुचाइएको