ज्येष्ठ नागरिक एकल महिला सम्मानित

सामाजिक विकासमा जोड
लोकखबर
२०८२ असार १०, मंगलवार २२:१६

विदुर–नुवाकोटको बट्टारमा ज्येष्ठ नागरिक एकल महिलाहरु सम्मानित भएका छन् । सामाजिक विकासमा जोड दिदै उनीहरुलाई सम्मानित गरिएको हो ।
१५ औ अन्तराष्ट्रिय एकल महिला दिवसको सनदर्भमा विदुर नगरपालिकामा रहेका ४ जना जेष्ठ नागरिक एक महिलाहरुलाई सम्मानित गरिएको हो । एकल महिला नुवाकोटको आयोजना तथा विदुर नगरपालिकाको सहयोगमा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुने एकल जेष्ठ नागरिकहरुमा विदुर नपा ४ की ८९ वर्षिया जगतकुमारी खड्का, विदुर ६ की ओमकुमारी पराजुली, विदुर ४ की ८२ वर्षिया भुवनेश्वरी ओझा र विदुर ४ कै ७८ वर्षिया कल्पना ढुंगेल रहेका छन् । उनीहरुलाई मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष देबकी पौडेल र नुवाकोटकी अध्यक्ष गंगा बोगटीले दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् ।
दिवसकै अवसरमा विदुर नगरपालिकाभित्र रहेका एकल महिलाहरुलाई महिला अधिकार र एकल महिला सुरक्षा कोष सम्बन्धि अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ । अन्तर्राष्ट्रिय एकल महिला दिवस नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको हो ।

‘मानव अधिकारका लागि महिलाः एकल महिला समूह’ नुवाकोटकी अध्यक्ष गंगा बोगटीले सरकारले एकल महिलाको अधिकार सुनिश्चित कागजमा मात्रै गरेको बताइन् । उनका अनुसार एकल महिलाको अवस्थाबारे गरेको अध्ययनपत्रको निष्कर्षमा एकल महिलाको मानव अधिकार खोसिँदै गएको उल्लेख छ ।
एक तथ्याङ्क अनुसार नुवाकोटमा करिव १२ हजार एकल(विधवा) महिलाहरु रहेको जनाइएको छ । सरकारले अहिलेसम्म पनि एकल महिलाका लागि कुनै पनि स्थानमा कोटाको व्यवस्था नभएको एकल महिलाहरुले गुनासो गरेका थिए ।


सर्वाधिक रुचाइएको