महिलाहरु सिप विकासमा
विदुर-महिलाहरुलाई स्वरोजगामरमा लाग्न अभिप्रेरित गर्ने उद्धेश्यले नुवाकोटको बेलकोटगढीमा सिप विकास कार्यक्रम सम्पन्न भएको छ । वेलकोटगढी नगरपालिकाको सहयोग र व्यवसायिक सिलाई बुनाई तथा घरेलु तान संचालन उपभोक्ता समिति बेलकोटगढी–१० को आयोजनामा महिलाहरुका लागि ३ महिने सिलाईकटाई तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा बेलकोटगढी–१० का महिलाहरुलाई ३ महिनासम्म सिलाई कटाई तालिम प्रदान गरिएको छ । तालिम समापनका अवसरमा सिलाई मेसिनसमेत प्रदान गरिएको छ ।
सो तालिमका सहभागीहरुलाई बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङ र उपमेयर शिबप्रसाद दाहाललगायतले प्रमाणपत्र प्रदान गरे । यस तालिमवाट महिलाहरु स्वरोजगारमा लाग्न उतसाहित भएका छन् ।

सिलाई कटाई तालिमले महिलाहरुको सिप विकास भएर स्वरोजगारको सिर्जना गर्दै आर्थिक विकासमा सहयोग पुगेको मेयर गुरुङको भनाई छ । उपमेयर शिवप्रसाद दाहालले महिलाहरुको क्षमता वृद्धिको लागि आगामी दिनमा पनि थप कार्यक्रमहरु सञ्चालन गर्ने नगरपालिकाको लक्ष्य रहेको वताए ।












































