पांच हजार एभोकाडोको विरुवा वितरण
विदुर–कृषि प्रणालीमा सुदृढीकरण गर्ने उद्धेश्यले नुवाकोटको बेलकोटगढी नगरपालिकाले अनुदानमा एभोकाडोको विरुवा हस्तान्तरण गरेको छ । मागका आधारमा पांचहजार वोट एभोकाडोको विरुवा वितरण गरिएको बेलकोटगढी नपाले जनाएको छ ।

चालु आव २०८१/०८२ को वार्षिक स्वीकृत कृषि कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा एभोकाडोको बिरुवा वितरण गरिएको हो । बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल, प्रमुख प्रशासकिय अधिकृत दीपक थिङ, कृषि शाखाका कर्मचारीलगायतले किसान, कृषक समूह तथा कृषि सहकारीलाई एभोकाडोका विरुवा हस्तान्तरण गरेका हुन् ।

यस वर्ष पांच हजार एभोकाडोको विरुवा अनुदानमा वितरण गरिएको मेयर गुरुङले वताए । उनले यसवाट कृषकहरुमा प्रभावकारी रुपमा कृषि रुपान्तरण हुने लक्ष्य लिइएको वताए ।

२२ घरधुरी, कृषि समूह, कृषि सहकारीलाई अनुदानमा एभोकाडोको विरुवा हस्तान्तरण गरिएको हो । वेलकोटगढी अन्न, फलफुल तथा तरकारी उत्पादन वढि हुने स्थान हो ।












































