विरामी कलाकारलाई सहयोग

–वोर्ड अध्यक्षले गरे हस्तान्तरण
लोकखबर
२०८२ असार २०, शुक्रबार २१:५२

विदुर–विरामी एक जना पुराना कलाकारको उपचारमा सहजताका लागि चलचित्र विकास वोर्डले आर्थिक सहयोग गरेको छ । वरिष्ठ कलाकार शकुन्तला शर्मालाई वोर्डले आर्थिक सहयोग प्रदान गरेको हो ।

चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषमार्फत लामो समयदेखि मुटुका दुवै भल्वमा समस्या भई उपचाररत कलाकार शकुन्तला शर्मालाई सहयोग स्वरूप  वोर्डका अध्यक्ष दिनेश डिसीलगायतका चलचित्रकर्मीले ७५ हजार रुपैया घरमै पुगेर हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरणमा कलाकारहरु वसुन्धरा भुषाल, दिपाश्री निरौलालगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष डिसीका अनुसार शर्माको दुईमध्ये एक मुटु ९८ र अर्को ७५प्रतिशत समस्या रहेको  छ ।  कलाकार शर्माको स्वास्थ्य लाभको कामना गदै चलचित्र विकास बोर्ड चलचित्रकर्मीहरूको सुख–दुखमा साथमा रहने प्रतिवद्ध रहेको अध्यक्ष डिसीको भनाई छ ।


सर्वाधिक रुचाइएको