विद्युत र टेलिफोन सुचारु, नाका जाने वाटो पुर्ननिर्माण सुरु

–क्षतिको मुल्यांकन गर्न समिति गठन, हराइरहेकाहरुको खोजी जारी
देवचन्द्र भट्ट
२०८२ असार २६, बिहीबार २१:११

विदुर–चीनवाट वहदै आएको लेन्देखोलाको वाढीको कहरका कारण अवरुद्ध विद्युत र टेलिफोन सेवा तीन दिनपछि सुचारु भएको छ । त्रिदेशिय मार्ग अन्र्तगतको स्याफ्रुवेशी–टिमुरे–रसुवागढी सडकखण्डमा हेभिइक्युपमेण्टमार्फत सडक पुर्ननिर्माण सुरु भएको छ ।
वाढीका कारण हराइरहेका सवैको खोजी कार्य जारी रहेको छ । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खोजी तथा उद्धारमा खटिएका छन् ।

भीषण वाढीले पु¥याएको क्षतिको मुल्यांनका लागि विशेष समिति गठन गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको आकस्मिक वैठकल गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजनाका प्रमुख खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय विशेष समिति गठन भएको छ ।
समितिले विहीवारैदेखि काम थालेको छ । समितिले सडक, विद्युत, पुर्वाधार, यातायात तथा धनजनको सम्वन्धमा स्थलगत अनुगमन अवलोकन कार्य गरेर विवरण सार्वजनिक गर्ने जनाएको छ ।
चीनको तिव्वतवाट आएको लेन्देखोलामा आएको भीषण वाढीले मंगलवार राती नुवाकोट र रसुवामा वहने त्रिशूली नदी आसपासका स्थानमा क्षति पु¥याइको छ ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी र टिमुरेमा भीषण बाढीमा परेर दुई नेपाल प्रहरी, ६ जना चिनीयासहित १९ जना वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
लेन्देखोलामा आएको बाढीले अवरुद्ध गरेको विद्युत तथा टेलिफोन सेवा विहीवार दिउंसोदेखि सन्चालन भएको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले वताए । उनका अनुसार वाढी र पहिरो पन्छाउंदै दुई स्थान स्काभेटरमार्फत सडक पुर्ननिर्माण पनि विहीवारैदेखि सुरु गरिएको छ ।

नेपाल–चीन प्रवेशको छोटो दुरीको रसुवागढीस्थित लेन्देखोलाको पक्कि पुल नै वाढीले वगाएपछि आवतजावत ठप्प भएको छ । दैनिक करोडौं राजशव संकलन हुदै आएको सो नाकाको पुल वगाएपछि अस्थायी रुपमा वेलिव्रिज निर्माण गर्न आवस्यक रहेको गोसाइकुण्ड गापा अध्यक्ष कैसाङनुर्वु तामाङले वताए ।
वेलिव्रिजका लागि सरकारले कुटनीतिक रुपमा पहल गरेर पुर्ननिर्माण र आयातनिर्यातलाई सुचारु गर्नु पर्ने अध्यक्ष तामाङको भनाई छ । उनले सरकारले यस वारेमा पहल थालेको जानकारी आएको पनि वताए ।
वाढीले वगाएको रसुवागढीको पुल चीनले १२ वर्ष अगाडि निर्माण गरेको हो । चीनले रसुवागढी नाकालाई गत सन् २०१७ मा अन्र्तराष्ट्रिय नाकाको मान्यता दिइसकेको छ ।

बाढीले पु¥याएको क्षतिको विवरण संकलन गर्न गठित उपसमिति पचिालन भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति, विपद व्यवस्थापन समितिको संयुक्त बैठकले उक्त समिति गठन गरेको थियो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिले विपद प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

समितिमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, यान्त्रिक कार्यालयका प्रमुख ईन्जिनियर विजय हाछेथु, सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख ई. शसिन्द्र घिमिरे, उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, गोसाइँकुण्ड–२ का वडाध्यक्ष कामीछिरिङ तामाङ सदस्य रहेका छन् । साथै नेपाल विद्युत प्राधिकरण रसुवाका प्रमुख गुञ्जमान तामाङ, टेलिकम रसुवाका प्रमुख नारायणराज श्रेष्ठ, रसुवागढी जलविद्युत कम्पनीका प्रमुख सत्यराम ज्याख्वा, चिलिमे जलविद्युत कम्पनी प्रमुख मनिष विष्ट, नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर शोभाकान्त राउत र नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगबहादुर घिमिरे सदस्य रहेका छन् ।

समितिमा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी सदस्य सचिव छन् । उक्त समितिलाई जिल्ला सुरक्षा समितिले आवश्यक सहयोग, निर्देशन, समन्वय र सहजीकरण गर्ने पनि बैठकले निर्णय गरेको छ । रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा अकस्मात आएको अकल्पनीय बाढीले गरेको क्षति र त्यसको प्रतिकार्यका लागि आवश्यक खोज, उद्धार, राहत लगायतका समग्र विपद् व्यवस्थापनका सन्दर्भमा आवश्यक निर्णय गरिएको छ ।

उक्त वाढीले ठूलो जनधनको क्षति पु¥याउनुका साथै बाढीमा परी दुई सुरक्षाकर्मीसहित १९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुमा २ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक छन् ।
हालम्म ५ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग फेला परेको वागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ । फेला परेको शवमध्ये एउटा शवको मात्र पहिचान भएको छ भने अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको प्रहरी नायव महानिरीक्षक अरुण पौडेलको भनाई छ ।

उनका अनुसार उक्त शव तथा मानवअंगहरु नुवाकोटको विदुर–३ शिरखाली र मरनपाटी, चितवनको इच्छामनकामना, धादिङ्गको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनिटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम त्रिशूली नदिको किनारामा फेला परेको थियो । ति शव तथा मान अंगहरु रसुवागढी टिमुरे वाढीमा वेपत्ताहरुको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल–चीन सिमाना ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी त्रिशूलीमा मिसिदा सोे उग्ररुप लिई नेपाल–चीन जोड्ने पक्कि मोटरेवल पुल ध्वस्त भएको छ । रसुवागढी–केरुङ जेड्ने नाका जोड्ने बाटो हाल अवरुद्ध भएको छ ।
यसससंगै पुल निर्माण गरि वाटो सुचारु गर्ने समय अनिश्चित भएको छ । यद्यपि, सरकारले कुटनितिक रुपमा पुल निर्माणका लागि पहल गर्ने जनाएको छ ।
उक्त क्षेत्रमा विद्युतीय लाईन र टेलिफाने अवरुद्ध भएकोमा तीन दिनपछि सुचारु गरिएको छ । वाढीले पुरिएका मालवाहक कन्टेनर तथा विद्युतीय गाडीको पहिचान गर्न सुरु गरिएको छ ।

पहिरोग्रस्त स्थानमा उद्धार तथा अस्थायी वाटो निर्माणको लागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीय सर्वसाधरणहरु समेत खटिएका छन् । बाढीले ४२ वटा विद्युतीय कार तथा गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा सिनोट्रक, लोेडर, एक्साभेटर ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन र १० वटा ग्राण्डिङ मेसिन बगाएको प्रारम्भिक विवरणमा जनाइएको छ ।

भन्सार क्षेत्रमा रहेको विद्युतीय गाडीको चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवक्र्स र कामदारको वासस्थान, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्ष्ठुलो ाति पु¥याएको छ । बेपत्ता व्यक्तिको खोज, उद्धार तथा पुननिर्माणमा समेत जिल्ला विपद व्यवस्थापन समितिको आवस्यकता अनुसार बैठक बसेर विभिन्न निर्यणहरु गरी जिल्लाका सम्पूणै संयन्त्रलाई सक्रिय बनाइएको प्रजिअ अर्जुन पौडेलको भनाई छ ।
उता, लेन्देखोलाको वाढी हिमताल फुटेर आएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै यहि असार २४ गते मंगलवार चीनको तिव्वत क्षेत्र हुदै वहने लेन्देखोलामा भीषण बाढी आएको प्रारम्भिक अनुसन्धानबाट जनाएको छ ।

विभागले उक्त बाढीबारे अपडेट गराउँदै बिहीबार हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि विभागले जनाएको छ ।
‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने व्यहोरा अवगत गराएको छ ।

चीनको लेन्देखोलामा आएको बाढीले ठुलो जनधनको क्षति गरेको छ । रसुवागढी, चिलिमे, टिमुरे तथा नुवाकोटको त्रिशूली हवस्टेशन आपपास वाढीले गरेको क्षति देख्दा खण्डहर र उजाड अवस्था रहेको छ ।
रसुवागढीस्थित लेन्देखोलामा असार २४ गते बिहान ३ बजे आएको भीषण बाढी र त्यसबाट भएको जनधनको अपूरणीय क्षतिप्रति नुवाकोट उद्योग वाणिज्य संघले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नेपाल–चीन सीमास्थित रसुवागढी नाकाको पक्कि पुल बगाउनुका साथै स्याम्फ्रुवेशीको सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।

रसुवागढी भन्सार कार्यालय, चार्जिङ स्टेशन, जलविद्युत आयोजना तथा विभिन्न कार्यालयहरूमा व्यापक क्षति पुगेको भन्दै संघले पीडितप्रति सहानुभुति व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा अझै केही दिन भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन र जोखिम क्षेत्रमा नजान सबैलाई अनुरोध गरिएको छ ।
साथै, बाढी प्रभावित क्षेत्रहरूमा तत्काल पुनर्निर्माणको प्रक्रिया अघि बढाउन संघले संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । संघले उद्धार, राहत, पुर्नस्थापना तथा पुर्ननिर्माणमा जोड दिएको छ ।

 

 


सर्वाधिक रुचाइएको