मानवबस्ती माथिवाट ढुंगो घरतर्फ झर्दैै
बिदुर–नुवाकोटको उत्तरी भेगमा रहेको वाह्रविसेमा मानव बस्तीमाथिको ठुलो ढुंगो झरिरहेको छ । गाउतीर झरिरहेको उक्त भीमकाय ढुंगोका कारण तल रहेका मानवबस्ती झण्डै एक महिनादेखि निदाउन सकेका छैनन् ।
तादी गाउंपालिका ४ बाह्रबिसे माथिको उक्त ढुङ्गो सरिरहेको गापा अध्यक्ष सन्तमान तामाङले वताए । उक्त स्थलमा पुगेर शुक्रवार जिल्ला विपद व्यवस्थापन समिति तथा जनप्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ ।
स्थलगत अनुगमनका क्रममा उक्त ढुंगो एक फिट तल सरेको पाइएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए । उनका अनुसार मानव वस्तीमाथि रहेको उक्त ढुंगो तत्काल व्यवस्थापन गर्नु पर्ने भएको छ ।

मानव वस्तीदृखि दुई समय मिटर माथि रहेको उक्त ढुंगो सर्दै गरेको र वरिपरिका जमिनसमेत चिरा परेको भेटिएको प्रजिअ घिमिरेले वताए । उनका अनुसार पालिकास्तरको विपद व्यवस्थापन समितिवाट निर्णय भएर जिल्लामा आएपछि जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटले उक्त ढुंगो फुटाउने निर्णय छिट्टै गर्ने तयारी गरेको छ ।
उक्त भीमकाय ढुंगोदेखि दुई सय मिटर तल मानव वस्ती रहेको छ । ६ घर परिवार एक महिनादेखि तनावमा रहेका छन् ।
ढुंगो तल रहेका मानव वस्तीहरु निन्दासमेत पुरा गर्न नपाएको गापा अध्यक्ष तामाङले वताए । स्थानीयवासीका अनुसार ढुंगो झरिरहेका कारण तल रहेका घरका मानिसहरु आलोपालो गरेर राती पालो पहरा गर्ने गरेका छन् ।

उक्त स्थानमास्थलगत निरीक्षण गर्दै जिल्ला विपद व्यवस्थापन समिति र गापा स्तरिय समितिले ढुंगोदेखि तलको वस्ती जोखिमपुर्ण रहेका कारण्ढा ढुंगो फुटाएर व्यवस्थापन नगरेसम्म जोखिमपुर्ण घरमा नवस्न आग्रह गरेको छ । कतिपयले अस्थायी रुपमा ढुंगोदेखि सुरक्षित स्थानमा पुगेर रात कटाउन थालेका छन् ।
उक्त ढुंगो झर्दै गरेको कारण निकै जोखिमपुर्ण रहेकाले आवतजावत गर्दासमेत सचेत रहन आग्रह गरिएको वडाध्यक्ष अस्मिनकुमार पाण्डेको भनाई छ । वर्खाको समयमा आम सर्वसाधारणलाई निकै सचेत हुने आग्रह गरिएको पाण्डेले वताए ।











































