फरार ९८ मध्ये रसुवामा ८३ समातिए
बिदुर- कारागारै खाली गरेर रसुवा कारागारवाट एकैपटक फरार भएका कैदीवन्दीहरु धमाधम समातिन थालेका छन् । उनीहरु भाग्दै गरेको अवस्थामा विभिन्न स्थानवाट सुरक्षा निकायले नियन्त्रणमा लिइएको हो ।
हडताल र नारावाजी गर्दै सदरमुकाम धुन्चेमा रहेका जिल्ला कारागारबाट एकैपटक भागेका कैदीवन्दीमध्ये विभिन्न स्थानवाट पुनः नियन्त्रणमा लिइएको हो । भाग्दै गरेको अवस्थामा शुक्रवार वेलुकीसम्म विभिन्न स्थानवाट ८३ जना फरार कैदीवन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको भनाई छ ।

कारागारमा रहेका ९८ जना कैदीवन्दी नारावाजी गर्दै एकैपटक फरार भएका थिए । उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली पचिालन भएकोमा राम्चे, कालिकास्थान, धुन्चेलगायत विभिन्न स्थानवाट पुनः नियन्त्रणमा लिइएको प्रजिअ पन्थीले वताए ।

रसुवामा ९८ मध्ये सात जना महिलासहित ८३ जना कैदीवन्दी फरार रहेकोमा उनीहरु विसिभन्न स्थानवाट पुनः पक्राउ परेको रसुवा प्रशासनले जनाएको छ । अपहरण मुद्धामा दोषी ठहर भई कैद भुक्तान गरिरहेको अवस्थामा धुन्चे कारागामरवाटै फरार भएका भारतीय चर्चित अपराधी उदय सेट्टी मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा कालिकास्थानवाट पुनः पक्राउ परेको प्रजिअ पन्थीको भनाई छ ।

सुरक्षा निकायका अनुसार बाँकी फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ । यसैैवीच, सर्वसाधारणलाई सतर्क रहन र यस सम्वन्धि कुनै जानकारी भए तत्काल सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरिएको प्रजिअ पन्थीको भनाई छ ।











































