संविधान दिवसमा विविध कार्यक्रम

बिदुर– संविधान दिवसको अवसरमा शुक्रवार नुवाकोटमा विविध कार्यक्रम गरिएका छन् । सदरमुकाम विदुर तथा विभिन्न स्थानमा अन्र्तक्रिया, ¥याली तथा रक्तदान कार्यक्रम गरिएका छन् ।
संविधान दिवस २०८२ मुल समारोह समिति नुवाकोटको आयोजनामा विदुरस्थित वाल मन्दिर परिसरमा रक्रदान कार्यक्रम गरिएको छ । रक्तदानमा सर्वसाधारण, कर्मचारी, सुरक्षाकर्मीलगायतले रक्तदान गरेका छन् ।
विदुर नपा ४ स्थित बालमन्दिर परिसरमा गरिएको रक्तदान कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध २० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, उपप्रमुख दलवहादुर तामाङ, सदस्यहरु सन्तोषी देवकोटा, सम्झना सेढाई, विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतले नेपालको संविधान विशेष र महत्वपुर्ण रहेको वताए ।
रक्तदान कार्यक्रममा नुवाकोट रेडक्रसको प्राविधिक टोलीको सहभागिता रहेको थियो । रक्तदान कार्यमा लायन्स क्लब अफ नुवाकोट आदर्शलगायतले व्यवस्थापन गरेको थियो ।