जेनजी आन्दोलनमा घाइतेले उपचार खर्च पाउने
बिदुर- एक महिना अगाडि भएको जेनजी पुस्ताको आन्दोलनमा घाइते भएकाहरुले उपचार खर्च पाउने भएका छन् । नुवाकोटका ११ जनाले उक्त खर्च पाउने भएका छन् ।
जेन–जी आन्दोलनका क्रममा घाइते भएका नुवाकोटका ११ जना व्यक्तिहरूको उपचार खर्च पाउने भएका छन् । उक्त आन्दोलनका क्रममा प्रत्येक घाइते व्यक्तिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट प्राप्त प्रारम्भिक विवरणका आधारमा तत्काल भैपरी खर्च सम्वन्धित जिल्ला प्रशासन कार्यालयवाट उपलव्ध गराउने मन्त्रिपरिषदको असोज १२ गते आइतवारको निर्णय अनुसार नुवाकोटवाट ११ जनाले उक्त रकम पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आइतबार एक सूचना जारी गर्दै आन्दोलनको क्रममा घाईते भएका व्यक्तिको उपचारमा भैपरी खर्चको लागि आवश्यक कागजातसहित ११ जनाको नाम सार्वजनिक गर्दै कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । नुवाकोट प्रशासनले शुभराज श्रेष्ठवलामी, रमेश सुवेदी, छिरोज वानिया, सुमन श्रीमाला, दलसिङ तामाङ, कुमार तामाङ, ललीतमान लामा, रामकृष्ण ढुंगाना, शलिग्राम रिमाल र निरन्जन सापकोटाको नाम सार्वजनिक गर्दै घाइते परिचय पत्र र भैपरी खर्चका लागि उपचाररात सम्वन्धित अस्पतालको कागजात, नेपाली नागरिकताको प्रमाणपत्र, सम्वन्धित व्यक्तिको खाता रहेको वैंकको नाम र वैक खाता नम्वर चेकवुकको फोटोकपीसहित र दुई प्रति पासपोर्ट साइजको फोटोसहित उपलव्ध गराउन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रैसाद हुमागाइद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन नुवाकोटले जारी गरेको ११ जनाको नाम सूचिको पहिलो अर्थात् क्रमसंख्या २०८६ मा उल्लेख गरिएका ककनी गापा १ का २७ वर्षिय शुभराज श्रेष्ठवलामीको भने गत भदौको अन्तिम साता उपचारकै क्रममा निधन भइसकेको छ ।

घाइतेहरूमा नुवाकोटका विदुर नगरपालिका, ककनी गाउँपालिका, तारकेश्वर गापालगायत विभिन्न स्थानका रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरण अनुसार घाइतेहरू विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।
आवस्यक कागजपत्र जेटेपछि जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार भैपरी आउने खर्चका लागि सहयोग उपलब्ध गराइने जनाएको छ । आवश्यक कागजातका आधारमा जेनजी पुस्ता आन्दोलनका घाइतेहरुलाई परिचयपत्र समेत उपलव्ध गराइने प्रजिअ शशिधर घिमिरेले जानकारी दिए ।












































