बिदुरमा वजार अनुगमन

बिदुर– उपभोक्ताको गुनासो आएपछि नुवाकोटको बिदुर नगरपालिकामा बजार अनुगमन गरिएको छ । अखाद्य वस्तु जफत गरि नष्ट गरिएको छ ।
दोश्रो ठुलो पर्व तिहारलाई लक्ष्यित गरी बिदुर नपाले दुई दिन लगातार वजार अनुगमन गरेको हो । विदुर नपाको अनुगमन टोलीले किराना, होटेल तथा गिफ्ट आइटमका पसलहरुको स्थलगत अनुगमन गरेको हो ।
विदुर नपा १, २, ४, ८ मा रहेका वजारका विभिन्न ३९ वटा पसलहरुको स्थलगत अनुगमन गरेको हो । अनुगमन टोलीले विदुर. १ ढुङ्गे, त्रिशूली, विदुर २ विदुर, वट्टारवजार, विदुर ३, ४ विदुर र वट्टारवजार, विदुर ८ हातिगौडा, कोलोनी वजारमा रहेका उपभोक्तासंग सरोकार राख्ने पसलहरुको स्थलगत अनुगमन गरेको हो ।
विभिन्न पसलहरूमा निरीक्षण तथा अनुगमनका क्रममा कतिपय पसलहरु मापदण्ड अनुसार सन्चालन नभएको पाइएकाले र नियम अनुसार सन्चालन गर्न निर्देशन दिइएको विदुर नपा अनुगमन टोलीका संयोजक गणेशकुमार नेपालले वताए ।
उनका अनुसार अनुगमनका क्रममा अखाद्य वस्तुहरु, लेबल विवरण नखुलेका मसलाहरू, म्याद गुज्रिएका अखाद्य वस्तुरू तथा प्लास्टिकबाट निर्मित मालाहरू जफत गरिएको हो । दुई दिनको अनुगमनमा २० हजार रुपैया वरावरको अखाद्य तथा प्रतिवन्धित सामग्रीहरु जफत गरि नष्ट गरिएको विदुर नपा कार्यालयले जनाएको छ । नियमित कार्यक्रम अन्र्तगत वजार अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेलले जानकारी दिए ।
अनुगमनका क्रममा म्याद गुज्रिएका तिहार मसला, खान अयोग्य मिठाई, चकलेटहरू समेत जफत गरि नष्ट गरिएको छ । विदुर नपाले जनताको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै नियमति रुपमा वजार अनुगमन गरिरहेको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ । अनुगमन कार्यहरूलाई आगामी समयमा पनि निरन्तर रूपमा सञ्चालन गर्दै उपभोक्ताको हित र स्वास्थ्य सुरक्षाको सुनिश्चिततामा योगदान पु¥याउने मेयर श्रेष्ठको प्रतिबद्धता रहेको छ ।
अनुगमनका क्रममा बजारमा बिक्री तथा वितरण भइरहेका खाद्य वस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तर परीक्षण गर्ने, म्याद गुज्रिएका सामानहरूको बिक्री नियन्त्रण तथा रोकथाम गर्ने, मूल्यसूची, तौल तथा व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था परिक्षण गर्ने कार्यलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ । उक्त कार्यलाई निरन्तरता दिदै उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यको बजार निरीक्षण तथा अनुगमन कार्य गरिएको छ ।