अमर प्रहरीका परिवार सम्मानित

– देश र शान्तिका लागि भएको योगदानको कदर
लोकखबर
२०८२ आश्विन ३१, शुक्रबार १९:३६

बिदुर- नुवाकोटको विदुरमा अमर प्रहरीका परिवार सम्मानित भएका छन् । देश र शान्तिका लागि अमर प्रहरीले गरेको योगदानको कदर गर्दै शुक्रवार अमर प्रहरीका परिवारलाई सम्मानित गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले ७० औं प्रहरी दिवस २०८२ का अवसरमा श्रद्धान्जली कार्यक्रमसहित अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मानित गरेको छ । विदुरस्थित जिल्ला प्रहरी परिसरमा आयोजित कार्यक्रममा चार जना अमर प्रहरी परिवारका सदस्यहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरेको हो ।

“नागरिक प्रहरी सहकार्यःसुरक्षाको लागि अपरिहार्य” भन्ने मुल नाराका आयोजित श्रद्धान्जली कार्यक्रममा अमर प्रहरीले देशमा शानित, सुरक्षा तथा अमनचयन कायम गर्न महत्वपुर्ण भुमिका खेलेको योगदानको कदर गर्दै जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक दुर्गाराज पाठकले सम्मानित गरे । कार्यक्रममा सहभागी अमर प्रहरी परिवार, पुर्व प्रहरी संगठन, प्रहरी अधिकारी तथा जवानहरु, सर्वसाधारणले अमर प्रहरी स्मारकमा माल्र्यापण गरेका थिए ।

प्रहरी दिवसकै अवसरमा रक्तदान, स्वास्थय परिक्षण, वृद्धवृद्धालाई फलफुल वितरण, धार्मिक स्थल तथा ढुगे धाराको सरसफाई कार्यक्रम गरिएको थियो । जनसंख्याको अनुपातमा नुवाकोटमा थोरै दरवन्दी भएर प्रहरीले कार्य गरिरहेको जनाइएको छ ।


सर्वाधिक रुचाइएको