तादीखोलामा डुवेर युवकको मृत्यु

– पौडी खेल्ने क्रममा डुवे खोलामा
लोकखबर
२०८२ कार्तिक १, शनिबार १७:२३

बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको तादी खोलामा शनिवार पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । अस्पतालमा उपचारको क्रममा युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।
सदरमुकाम विदुरदेखि २९ किलोमिटर उत्तरपुर्वमा रहेको तादी गाउंपालिका ५ आप्रास्थित तादी खोलामा साथीहरुसंग पौडी खेल्ने क्रममा डुवेर एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खोलामा डुवेर काठमाडौ टोखा नगरपालिका ३ का १९ वर्षिय समीर वानिया गम्भीर घाइते भएकोमा उद्धार गरि काठमाडौ टोखास्थित ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचारका क्रममा अपरान्ह मृत्यु भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा वानिया डुबेर घाईते भएको उद्धार गरि स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागी काठमाडौ ग्राण्डी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विशेष रुपमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको