मन्दिरका लागि विविध सहयोग

– वत्ति तथा रंगरोगनका सामग्रीका लागि आर्थिक सहयोग
लोकखबर
२०८२ कार्तिक १, शनिबार २१:११

बिदुर–  नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिरका लागि विविध सहयोग प्राप्त भएको छ । ऐतिहासिक तथा धार्मिक उक्त मन्दिरका लागी तिहारका लागि आवस्यक वत्ति तथा रंगरोगनका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।
बिदुर नगरपालिका ५ देवीघाटस्थित जालपादेवी मन्दिर परिसरमा वत्ति वाल्नका लागि स्थानीय युवाले स्थानीय देवीघाट जालपा क्लवमार्फत वत्ति तथा रंगरोगनका लागि आर्थिक सहयोग गरेका हुन् ।

तिहारको अवसरमा उक्त क्लवले मन्दिर वरपरका वत्तिहरु प्रकाश ब्यवस्थापन तथा मन्दिर वरपर रंगरोगन गर्न लागेकोमा उक्त कार्यको लागि स्थानीयवासी भरतप्रसाद खतिवडाले ६ हजार रुपैया बराबरको बत्तिहरु खरिद गरि हस्तान्तरण गरेको क्लवका अध्यक्ष नवीन चित्रकारले वताए ।


यसका साथै विदुर नपा ५ का प्रकाश रिमाल र वेलकोटगढी नगरपालिका ८ का खोम नेपालले रंगरोगनका लागि केहि आर्थिक सहयोग गरेका छन् । मन्दिरको रंगरोगनका लागि रिमालले दुईहजार दुई सय २२ र नेपालले दुई हजार एक रुपैया आर्थिक सहयोग उपलव्ध गराएको क्लवका अध्यक्ष चित्रकारले वताए ।


सर्वाधिक रुचाइएको