‘सबैभन्दा बढी माया बाबाआमाको लाग्छ । ’

लोकखबर
६ माघ २०७५, आईतवार २२:२६

मकवानपुरको हेटौंडा ४ की समीक्षा श्रेष्ठ मिलनसार छिन् । मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेकी समीक्षालाई जीवनमा राम्रो काम गर्ने रहर छ । आफ्नो शिक्षा अनुसारको जागिर खाएर व्यस्त जीवन बिताउँने चाहाना राख्ने यिनीसंग हामीले जीवन, भोगाई., मायाप्रेम आदिका विषयमा छोटो कुराकानी गरेका छौं ।
तपाईको नाम समीक्षा, नामको अर्थ के हो नि ?
विश्लेषण होला नि, अङ्ग्रेजीमा समरी ।
कसले राखिदिनुभएको नि यति राम्रो नाम ? आफैंले हो ?
आफ्नो नाम त आफैंले कसरी राख्नु नि । मेरो नाम कसले राख्यो भन्नेमा मैले कहिल्यै पनि चासो राखिन तर मलाई मेरो नाममा गर्व छ । यो नामले बोलाउँदा मलाई औधी खुसी लाग्छ ।
आजभोली के गर्दै हुनुहुन्छ ?
खासै केही पनि गर्दिन । पढाई सकियो, अब पढाईको सदुपयोग गर्नुप¥यो । आफ्नो पढाई अनुसारको एउटा राम्रो जागिर पाए हुन्थ्यो भन्ने सोचाईमै दिन बितिरहेको छ ।
कस्तो खालको जागीर होस् भन्ने चाहानुहुन्छ तपाई ?
म्यानेजमेन्ट सम्बन्धि अध्ययन गरेको छु । मेरो पढाईसंग मिल्दो खालको जब गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । बैंकमा होस् अथवा एकाउन्टेन सम्बन्धि काम गर्नका लागि अध्ययन पनि छ । पढाईलाई व्यवहारिक रुपमा प्रयोग गर्ने खालको जागीरको खोजीमा हो म त ।
अहिलेसम्मको अनुभूतीको आधारमा जीवन भनेको के हो जस्तो लाग्छ तपाईलाई ?
जीवन भनेको वास्तवमा सङ्घर्ष हो । कहिले सुख मिल्छ त कहिले दुःख पाइन्छ । तर जीवनमा कहिल्यै हार मान्नु हुन्न ।
लभ भनेको चाँही के हो नि  ?
माया भन्ने चिज यस्तो हो, जहाँ एक अर्कामा विश्वास, सम्बन्ध हुन्छ । जसले मायालाई कहिल्यै छिनाउँदै ।
कसैको लभमा पर्नुभएको छ ?
छैन ।
सबैभन्दा बढी माया कसको लाग्छ ?
बबाआमा, घरपरिवारको लाग्छ नि सबैभन्दा बढी माया त ।
जीवनमा बिर्सन नसकेको कुनै क्षण छ ?
बाबा दुर्घटनामा पर्नुभएको क्षण कहिल्यै विर्सन सक्दिन ।
जीवनमा के बन्न पाए हुन्थ्यो भन्ने लाग्छ तपाईलाई ?
यस्तो मान्छे बन्न चाहान्छु की सबैले मेरो परिवारलाई चिनोस्  र मेरो परिवारले म माथि गर्व गरोस् । जे सोचेर मलाई उहाँहरुले अगाडी बढाउनु भयो त्यसमा म सफल हुन सकुँ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*