चलचित्र कथा लेखन प्रशिक्षण
बिदुर– चलचित्रको विषय पहिचान तथा प्रवद्र्धनमा जोड दिदै चलचित्र कथा लेखन अभियान सन्चालन गरिएको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुको उक्र अभियानमा सहभागिता रहेको थियो ।

नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा दोश्रो चरणको “चलचित्र कथा–लेखन सम्बन्धि आधारभूत कार्यशाला” को दोस्रो संस्करण सम्पन्न भएको छ । उक्त संस्करणको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले समापन गरे ।

उनले चालु वर्षलाई चलचित्र प्रवद्र्धनको वर्षका रुपमा विभिन्न कार्यहरु भइरहेकाले नेपालको चलचित्र गुणात्मक र विेशष वनाउन वोर्डले विभिन्न कार्यहरु गरिरहेको वताए । प्रस्तुती अनुसार पनि नेपालको चलचित्रको दर्शक आकर्षक हुने र सोही अनुसार सहभागीहरुले कथा प्रस्तुत गर्न सक्नेमा अध्यक्ष डिसीले विस्वास व्यक्त गरे ।

युवा स्रष्टा र नवप्रवेशीहरूलाई सक्षम बनाउँदै नेपाली चलचित्रको कथात्मक गुणस्तर उकास्ने वोर्डको प्रयास रहेको उनले वताए । नेपाल फिल्म क्याम्पस गौशालामा सम्पन्न कार्यशालामा चलचित्र कथा–लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कथा–लेखनमा रुचि राख्ने नवप्रवेशीहरूलाई चलचित्रको कथात्मक संरचना, आधारभूत सिद्धान्त तथा लेखन प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । कार्यशालामा भारतको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट पोस्ट–ग्र्याजुएट अध्ययन पूरा गरी हाल नेपाल फिल्म क्याम्पसमा निर्देशन तथा पटकथा लेखन विभागका प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले कथा चयन, प्रस्तुतीका विषय र पटकथा लेखक तथा पत्रकार सामिप्यराज तिमिल्सिनाले “नेपाली चलचित्रमा कथा” शीर्षकमा विशेष सत्र सञ्चालन गरेका थिए ।

कार्यशालामा चलचित्र कथा–विज्ञान, कथाका आधारभूत तत्वहरू, पात्र निर्माण, संरचना तथा कथा लेखन प्रक्रियाबारे सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिइएको थियो । सहभागीहरूले कथा चयन र प्रस्तुतीका सम्वन्धमा प्रयोगात्मक अभ्याससमेत गरेको कार्यशालाका समन्वयकर्ता विनोद खतिवडाको भनाई छ ।

कार्यशालालाई उपयोगी, प्रेरणादायी र सिकाइमुखी भएको प्रतिक्रिया दिएका छन् । पहिलो चरणको कार्यक्रममा गत पुसमा गरिएको थियो भने तेश्रो चरणको कार्यक्रम आगामी फागुनमा गरिने आयोजक नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले वताए ।






























































