भुटेको मकैको यस्तो फाइदा
अहिले बजारबाट किनेको खानेकुरालाइ खाजा बनाउन उत्साहित बन्छन् । ड्राइफुड जसले स्वास्थ्यलाई समेत असर गर्छ, त्यस्तो खाजा खान सजिलो मान्छ्न । भुटेको मकैलाई खाजाका रुपमा लिने अहिले कमै होलान् तर यसको फाइदाबारे धेरैले नबुझी रहेको हुन सक्छन् । गाउँघरमा भुटेको मकै खाजाका रुपमा खाने गर्दा खाजा पनि हुने तथा स्वास्थ्य पनि राम्रो हुन्छ । तर विस्तार भुटेको मकै खाजाका रुपमा गाउँ घरमा हराउन थालेको छ। फिल्म हल वा रेष्टुराँमा पपकर्न खाने चलन बढ्दो छ । तर खाइने पपकर्न भनिने भुटेको मकै गाउँघरको भन्दा फरक छ । घरमै भुटेको मकैभन्दा बाहिरको पपकर्न अस्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा घिउ प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ । मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।
भुटेका मकैका फाइदा
भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ ।
भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।
यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।
भुटेको मकैमा भिटामिन सी,केरोटिनाईड,बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।
यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ ।
तातो पानीमा केही बेर उमालेर पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।
भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।
भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी,अन्धोपन,मांशपेशीहरुको कमजोरी,कपाल झर्ने समस्या आदि सबैबाट मुक्त हुन्छन् ।
भुटेको मकैको अनेक फाइदा हुने भएकाले हामीले खाजाका रुपमा भुटेको मकैलाइ प्रयोग गर्नुपर्छ ।