रास्वपा रसुवाको भेला
बिदुर – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रसुवाको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले नयां कार्य समिति चयन गरेको छ । सदरमुकाम धुन्चेमा सम्पन्न प्रथम भेलाले सभापति, सचिव र सहसचिव निर्वाचनमार्फत चयन गरेको हो । निर्वाचनबाट जिल्ला सभापतिमा बसन्त भट्ट निर्वाचित भएका छन् ।

भट्टले २९ मत प्राप्त गरि सभापतिमा विजयी भएका हुन् । उपसभापतिमा दावा लामा निर्विरोध भए । सचिवमा २० मत पाएर रविन्द्र लोप्चन विजयी भए । सहसचिवमा ३९ मत पाएर रविन्द्र तामाङ विजयी भए ।

भेलाले सदस्यहरुमा निर्मन घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घल र कृष्णबहादुर घले चयन भएको निर्वाचन समितिले जनाएको छ । शनिबार सम्पन्न भएको अधिवेशनले उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन तथा सह–सचिवमा रविन्द्र तामाङ निर्वाचित भएका छन् । समितिका सदस्यहरूमा निर्मन घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले तथा कृष्णबहादुर घले निर्वाचित भएका छन् ।

यसअघि भेलाको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रि भुपदेव शाहले उद्घाटन गरेका हुन् । उनले रास्वपाले देशमा परिवर्तन चाहेको र जनताको पक्षमा अगाडि वढिरहेको दावी गरे । कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य मधुसुदन ढकाल, रास्वपा वागमति प्रदेश सभापति तथा नुवाकोट २ का प्रतिनिधि सभा सदस्य डा. अचुतम लामिछाने, सांसदहरु वोधनारायण श्रेष्ठ, यज्ञमणि न्यौपाने, रास्वपा प्रदेश महामन्त्रि सुरेन्द्र भट्ट, प्रदेश सदस्य तथा निर्वाचन समिति संयोजक स्वस्तिका लामिछानेलगायतले रास्वपाले जनताको पक्षमा कार्यहरु गरिरहेको वताए ।



















































