ट्राफिक सप्ताह टोलटोलमा पुग्यो

– फ्लेक्स वोर्डसहितको सचेतना
लोकखबर
२०८३ जेष्ठ ४, सोमबार ०१:४२

बिदुर – सवारी दुर्घटना न्युनीकरणको उद्धेश्यले नुवाकोटमा सन्चालित ट्राफिक सप्ताह कार्यक्रम टोल टोलमा पुगेको छ । यसवाट ट्राफिक नियम सचेतना प्रदान भइरहेको जनाईएको छ ।

ध्माधम नुवाकोटमा विविध कार्यक्रमसहित ‘ट्राफिक सप्ताह २०८३’ सन्चालन भइरहेको छ । विशेष गरि विभिन्न सडकमार्ग तथा टोलमा पुगेर स्वास्थ्य तथा ट्राफिक नियम सचेतनाका कार्यक्रमलाई प्रमुखता दिने कार्य भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटले सन्चालन गरेको ट्राफिक सप्ताह अन्र्तगत सचेतजनामुलक कार्यक्रमका साथै सवारी दुर्घटना न्यूनीकरणलाई लक्ष्यित गर्दै विशेष स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ । जसअन्तर्गत बिदुर नगरपालिका ७ तुप्चेमा जनचेतनामूलक कार्यक्रम सहित सचेतनामूलक फ्लेक्स बोर्ड राख्ने कार्यक्रम सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए ।


सर्वाधिक रुचाइएको