रास्वपा पन्चकन्याको अधिवेसन
– कार्की निर्विरोध सभापति
बिदुर – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी पन्चकन्या गाउँपालिका समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा आगामी कार्यकालका लागि नयां कार्यसमिति चयन गरेको छ ।

अधिवेसनले सभापतिमा रामचन्द्र कार्कीलाई चयन गरेको छ । उपसभापतिमा उत्तम पण्डित, सचिबमा मुरारी खनाल, सहसचिबमा अभिशेख खड्का चयन भएका छन् ।

यसअघि उक्त अधिवेसनको पार्टीका नेता तथा सूचना सन्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उद्घाटन गरेका हुन् । उनले रास्वपाको नेतृतवमा देशमा परिवर्तन गर्ने र कसैलाई पनि नआत्तालिन आग्रह गरे ।

अधिवेसनले पांच वर्षका लागि नयां कार्यसमिति चयन गरेको हो । कार्यक्रममा रास्वपाका केन्द्रयि, प्रदेश, जिल्लास्तरिय नेताका साथै सो दलका विभिन्न प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
















































