बिद्यालयमा कानूनी शिक्षा कार्यक्रम

– शिक्षक तथा अभिभावकलाई अधिकार तथा सचेतना प्रदान
लोकखबर
२०८३ जेष्ठ ११, सोमबार ००:२२

बिदुर – सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावकहरुका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकाले कानूनी शिक्षा कार्यक्रम प्रदान गरेको छ । सो नपाको न्यायिक समितिले शिक्षक तथा अभिभावकहरुलाई सचेतनामुलक कानूनी शिक्षा तथा मनोसामाजिक परामर्श कार्यक्रम प्रदान गरेको हो ।

बेलकोटगढी नपा न्यायिक समितिको आयोजनामा एक सातासम्म विभिन्न सामुदायिक विद्यालयहरूमा विद्यालय शिक्षक तथा अभिभावकहरु लक्ष्यित कानूनी शिक्षा तथामनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा अधिवत्तला तथा अधिकारकर्मीमार्फत बालअधिकार, कानूनी सचेतना, पारिवारिक तथा सामाजिक जिम्मेवारी, मानसिक स्वास्थ्य र विद्यार्थीहरूको सकारात्मक व्यवहार विकासलगायतका सचेतना, परामर्शसहित विविध जानकारी प्रदान गरिएको थियो ।

यस प्रकारका कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीच समन्वय बढाउँदै सुरक्षित, सचेत र सहयोगी शैक्षिक वातावरण तयार गर्नमा योगदान पुग्ने विस्वास लिइएको छ । विद्यालयमै पुगेर उक्त कार्यक्रम गरिएको हो ।


सर्वाधिक रुचाइएको