किसानहरुलाई कृषि औजारसहितका सामग्री
बिदुर – नुवाकोटको विदुर नगरपालिकाले कृषि उतपादन वढाउने उद्धेश्यले किसान प्रवद्र्धन कार्यक्रम सन्चालन गरेको छ । यसवाट किसानहरु लाभान्वित भएका छन् ।
चालु आर्थिक वर्षको बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विदुर नपा १३ मा सञ्चालित ‘अदुवा, बेसार तथा तरकारी खेती प्रवद्र्धन कार्यक्रम’मा आबद्ध भएका कृषि फर्म तथा समूहहरुलाई आधुनिक कृषि औजार सहितका कृषि सामग्रीहरु अनुदानमा प्रदान गरिएको हो ।

अनुदान सहयोग हस्तान्तरण कार्यक्रम अन्र्तगत चार थान सात एचपीको मिनीट्रिलर, आठ थान १६ लिटर क्षमताको स्प्रे पम्प, सिचाईको लागी तीनसय मिटर २० एमएमको पाइप उपलब्ध गराइएको हो । विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, बिदुर १३ का वडाध्यक्ष भरतवहादुर तामाङलगायतले सम्बन्धित लाभग्राही किसानलाई ति कृषि सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि सो कार्यक्रम अन्र्तगत लाभग्राही किसानलाई अदुवा, बेसार र तरकारीको विउ बितरण, दश स्थानमा फलामे टनेल निर्माण, मल्चिङ्ग प्लास्टिक, सिचाई पाईप, विषादी लगायतका सामग्रीहरु उपलब्ध गराइएको थियो । यस कार्यक्रमले किसानहरूको उत्पादन वृद्धि, आधुनिक खेती प्रणाली प्रवद्र्धन तथा आत्मनिर्भर कृषितर्फ हुन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको मेयर राजन श्रेष्ठको भनाई छ ।

उनले आधुनिक उपकरणहरुको सदरपयोग गरेर उतपादन वढोत्तरी गर्न किसान तथा कृषि समूहहरुलाई आग्रह गरे ।














































