रास्वपाको जिल्ला अधिवेसन

– गजुरेल अध्यक्षमा निर्वाचित, सचिवालय गठन
लोकखवर राजनीतिक व्युरो
२०८३ जेष्ठ २६, मंगलवार १२:२२

बिदुर – महाधिवेसनमा जुटेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोट जिल्ला अधिवेसन समपन्न गरेको छ । अधिवेसनले पुरानै नेतृत्वलाई दाहो¥याएको छ । प्रथम अधिवेसनअन्र्तगत नयां कार्यसमितिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

कुल खसेको ३२५ मतमध्ये सभापतिमा निर्वाचित रामेश्वर गजुरेलले २ सय ५७ मत पाए । उनका प्रतिस्पर्धी राजु लामिछानेले २८ ममत पाए । उपसभापतिमा निर्वाचित कृष्णलाल श्रेष्ठले १ सय ७३ मत पाए । उनका निकटतम सुनीमा थिङले ८४ मत पाइन् ।

सचिवमा विजयी बसन्त धितालले एकसय ९४मत पाए । उनका प्रतिस्पर्धि शिवराज लामिछानेले एकसय १६ मत पाए । जनजातीतर्फ छेपोन तामाङले एकसय ७२ मत, महिला सदस्यमा लक्ष्मी पाण्डेले २ सय ५७, जानुका सापकोटाले एकसय ८६ मत र राधिका रिमालले एकसय ४० मतसहित निर्वाचित भए । खुल्ला सदस्यमा विपना पाण्डेले एकसय २८मत पाएर निर्वाचित भइन् ।

खुल्ला सदस्यमा विजयी सुभाष भण्डारी ९७ मतसहित निर्वाचित भए । विजयी सवैलाई रास्वपा निर्वाचन अधिकृत बसन्तराज फुँयालले पद तथा गोपनियताको सपथ्रग्रहण गराए । यसअघि उक्त अधिवेसनको वट्टारमा उद्घाटन शत्रमा सूचना तथा तथा सन्चारमन्त्रि डा. विक्रम तिमिल्सिना, नुवाकोट २ सासद तथा रास्वपा वागमति प्रदेश समिति सभापति डा. अचुतम लामिछानेलगायतले देश परिवर्तनको योजना रास्वपासंग रहेको दावी गरेका थिए ।  कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

सांसदले खडा गरे सचिवालयः
नुवाकोट क्षेत्र नं. २ का निवाचित सांसद डा. अच्युतम लामिछाने सचिवालय खडा गरेका छन् । मतदाताको गुनासोपछि सांसद लामिछानेले आफ्नो सचिवालय गठन गरेका हुन् । सचिवालय प्रमुखमा जितेन्द्र अर्याल र सदस्यमा लक्ष्मी पाण्डेलाई चयन गरिएको छ ।

सचिवालय गठनसँगै सांसद लामिछानेले जिल्ला पदाधिकारी तथा सचिवालयका सदस्यहरूको सम्पर्क नम्बर सार्वजनिक गरेका छन् । जनताका गुनासा, सुझाव र आवश्यक समन्वयलाई व्यवस्थित रूपमा सम्बोधन गर्न सचिवालय गठन गरिएको उनको भनाइ छ । डा. लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश सभापति समेत हुन् ।

उनी गत निर्वाचनमा करिब ३२ हजार मत प्राप्त गर्दै नुवाकोट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनले जनतासँग पर्याप्त सम्पर्क नराखेको तथा फोनमार्फत आएका गुनासा सुन्ने व्यवस्था प्रभावकारी नभएको गुनासो गर्दैै मतदाताले असन्तुष्टि व्यक्त गरेका छन् ।

मतदाताको गुनासोपछि सांसद लामिछानेले तत्काल आफ्नो सचिवालय गठन गरेका हुन् । जनताका गुनासा, सुझाव र आवश्यक समन्वयलाई व्यवस्थित रूपमा सम्बोधन गर्न सचिवालय गठन गरिएको सांसद डा. लामिछानेको भनाइ छ ।


सर्वाधिक रुचाइएको