बेलकोटगढी ७ को भवन निर्माण
बिदुर – नौ वर्षपछि नुवाकोटको बेलकोटगढी नगरपालिका–७ को वडा कायाृलय भवनको निर्माण गरिएको छ । यसवाट सेवा सन्चालनमा सुविधा पुगेको छ । मान्केमा नवनिर्मित वडा कार्यालय भवनको औपचारिक उद्घाटन गरिएको छ ।

भवनको कार्यक्रमकावीच बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल, वडाध्यक्ष भुवनेश्वर नेपालले उद्घाटन गरे । मेयर गुरुङले नवनिर्मित भवनले वडास्तरीय सेवा प्रवाहलाई सरल, प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको वताए । उनले भवनको निर्माणसंगै आम सर्वसाधारण खुसी भएकोसमेत वताए ।

कुल ३२ लाख रुपमा नवनिर्मित भवन भुइतल्ले चार कोठाको पक्कि रहेको छ । बेलकोटगढी–७ को भवन उद्घाटन कार्यक्रममा उपमेयर शिवप्रसाद दाहाल, वडाध्यक्ष भुवनेश्वर नेपाल, कार्यपालिका सदस्य गमला लामालगायतले भवनको निर्माणले गाउंवासीले सुविधा पाएको वताए ।




























































