१२ स्थानीय तहलाई सांढे तीन अर्व

– पर्याप्त बजेट नपरेको जनाउंदै आलोचना
लोकखबर
२०८३ असार २, मंगलवार ००:०२

बिदुर – पहाडि संरचना रहेको नुवाकोटमा स्थानीय तहका लागि सांढे तीन अर्व रुपैया वजेट सार्वजनिक भएको छ । आगामी आर्थिक वर्षका लागि नुवाकोटका १२ स्थानीय तहका लागि सो वजेट आउने भएको हो ।  संघीय सरकारले वित्तीय समानीकरण अनुदान अनुसार नुवाकोटका १२ स्थानीय तहहरुका लागि साढे ३ अर्बको हाराहारीमा सरकारी अनुदान प्रदान गरेको छ ।

मन्त्रालयले जारी गरेको वित्तीय समानीकरण अनुदान २०८३/०८४ अनुसार बिदुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सवैभन्दा वढि ६३ करोड २८ लाख बजेट प्राप्त गरेको छ ।  संघीय सरकारले दिने विभिन्न् प्रकारका अनुदानलाई जोडेर पालिकाले रकम पाउने छन् । आगामी वर्ष बेलकोटगढी नगरपालिकाले ४८ करोड ४४ लाख प्राप्त गर्नेछ ।

अन्य १० पालिकाहरुमा ककनी गाउँपालिकाले ३७ करोड ११ लाख, किस्पाड. गापाले २२ करोड ८१ लाख, तादी गापाले ३१ करोड ९४ लाख, तारकेश्वर गापाले २६ करोड १६ लाख, दुप्चेश्वर गापाले ३५ करोड ४२ लाख रुपैया  प्राप्त गर्नेछन् । साथैै पञ्चकन्या गापाले २९ करोड १ लाख, म्यागड. गापाले २८ करोड ५२ लाख, लिुख गापाले २६ करोड ४६ लाख, शिवपुरी गापाले ३५ करोड ३६ लाख र सुर्यगढी गापाले २८ करोड ५१ लाख बजेट प्राप्त गर्नेछन् । नेपालको संघीय शासन प्रणालीमा पालिकाले संघीय र प्रदेश सरकारबाट विभिन्न चार प्रकारका अनुदानहरू प्राप्त गर्दछन् ।

पालिका आफैँले पनि स्थानीय कृषक, उद्यमी र विद्यालयहरूलाई लक्ष्यित गरी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दछ ।  पालिकाले पाउने ४ प्रकारका अनुदानहरुमा वित्तीय समानीकरण अनुदान जसमा पालिकाको खर्चको आवश्यकता र राजस्वको क्षमताको विश्लेषण गरी तोकिएको सूत्रका आधारमा यो अनुदान प्रदान गरिन्छ । यसको उपयोग पालिकाले आफ्नो प्राथमिकताअनुसार गर्न सक्छ ।

यस्तै सःशर्त अनुदानमा संघीय वा प्रदेश सरकारले तोकेका खास योजना, नीति र कार्यक्रमहरू जस्तैः शिक्षा, स्वास्थ्यका कर्मचारीको तलब, लक्षित वर्गका कार्यक्रम कार्यान्वयन गर्न यो अनुदान दिइन्छ । समपूरक अनुदानमा गाउँपालिकाले प्रस्ताव गरेका ठूला पूर्वाधार वा विकास आयोजनाहरूमा लागत साझेदारी गर्नका लागि संघीय सरकारले समपूरक अनुदान प्रदान गर्दछ । विशेष अनुदानमा विशेष प्रकृतिको विकास कार्य सञ्चालन गर्न वा पछाडि परेका क्षेत्र तथा समुदायको उत्थानका लागि यो अनुदान दिने गरिएको छ ।

सरकारले प्रदान गर्ने अनुदान गत वर्षभन्दा केही कम देखिएको छ । तत्कालीन अवस्थामा नुवाकोटमा ठुला सडक तथा अन्य पूर्वाधारमा समेत आवस्यक बजेटको व्यवस्था गरिएको थियो ।  यस पटक भने छहरे–टोखा सुरुङमार्गका साथै क्रमागत योजनाहरु गल्छी –त्रिशूली –स्याफ्रुबेसी र रानीपौवा –पिपलटार सडक बाहेक अन्य स्थानमा बजेट देखिएको छैन ।

जिल्लामा बजेट कम भएको जनाउंदै आम सर्वसाधारणले आलोचना गरिरहेका  छन् । वजेटमाथि पुिसर्नविचार गर्न सरकारसमक्ष नुवाकोटवासीले माग गरेका छन् ।


सर्वाधिक रुचाइएको