होटेलमा सशस्त्र प्रहरी महिलाको शव

– प्रहरी जवान पक्राउ, अनुसन्धान गर्न म्याद थप
लोकखबर
२०८३ असार २, मंगलवार ००:०५

बिदुर – नुवाकोटको चण्डीपोखरीस्थित एक होटेलमा सशस्त्र प्रहरीमा कार्यरत एक युवतीको शव फेला परेपछि नेपाल प्रहरीका जवान पक्राउ परेका छन् । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ । विदुर नगरपालिका ६ चण्डीपोखरीस्थित केन्द्रीय कारागार नुवाकोट अगाडि रहेको एक होटलमा सशस्त्र प्रहरीमा कार्यरत एक युवती झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

मंगलवार झुन्डिएको अवस्थामा भेटिएकी उनको उपचारको लागि स्वास्थ्य संस्थामा लगिए पनि डाक्टरले उनलाई मृत घोषित गरेका थिए । रुकुम पश्चिम घर भएकी उनी सशस्त्र प्रहरीमा कार्यरत रहेकी थिइन् । नेपाल प्रहरीमा कार्यरत वासुदेव थापालाई भेट्न नुवाकोट आएकी उनको शव त्रिशूली अस्पताल नुवाकोटमा पोष्टमार्टम गरिएकोे छ ।

उनका साथी भनिएका वासुदेव थापामगर केन्द्रीय कारागार चण्डीपोखरीस्थित प्रहरी युनिटमा नेपाल प्रहरीको जवान पदमा कार्यरत हुन् । उनलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेका थापालाई सात दिन हिरासतमा राखेर अनुसनधान गर्न नुवाकोट अदालतमा म्याद थप अनुमति दिएको प्रहरी उपरिक्षक विपीन रेग्मीको भनाई छ ।

उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापा र मृतकवीच पुरानो सम्बन्ध रहेको जनाइएको छ । रुकुम पश्चिम चौरजहारी घर भएकी मृतक बलम्बुस्थित सशस्त्र प्रहरी बलमा कार्यरत थिइन् ।

सशस्त्र प्रहरीमा कार्यरत २५ वर्षीया सीता बुढामगरको शव होटेलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । थापालाई भेट्न नुवाकोट आएकी उनी स्थानीय होटेलको कोठामा झुण्डिएको अवस्थामा भेटिएकी उनलाई तत्काल अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।


सर्वाधिक रुचाइएको