प्रसिद्ध मालिकाकोटमा फाल्चा

– धार्मिक पर्यटन प्रवद्र्धनको लक्ष्य
लोकखवर विशेष संवाददाता
२०८३ असार २६, शुक्रबार १३:५८

बिदुर – नुवाकोटको बिदुर नगरपालिकामा पर्यटन प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत ऐतिहासिक तथा धार्मिक मालिकाकोटमा संरचना निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धनको लक्ष्यसहित उक्त स्थानमा आकर्षक संरचनाहरुको निर्माण सम्पन्न भएको छ ।

धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्दै ऐतिहासिक मौलिकपनको जगेर्ना गर्ने लक्ष्यसहित विदुर नगरपालिका २ स्थित ऐतिहासिक शक्तिपीठ मालिका थान (मन्दिर) परिसरमा फाल्चा निर्माण कार्य सम्पन्न भएको हो । विदुर नपाको कुल १२ लाख ५० हजार रुपैयाँ र स्थानीयबासीको तीन लाख रुपैयाँ बढीको श्रमदानबाट फल्चा निर्माण सम्पन्न भएको हो । नवनिर्मित फाल्चाको मेयर राजन श्रेष्ठसहितका सरोकारवालाले स्थलगत अनुगमन तथा निरीक्ष गरेका छन् ।

बिदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थलगायतका जनप्रतिनिधि एंव प्राविधिकहरुबाट स्थलगत अवलोकन एंव निरीक्षण गरिएको हो । मेयर श्रेष्ठको परिकल्पना र योजना अनुसार आगामी आर्थिक वर्षमा मालिकादेखि कालिकाथानसम्म पदमार्ग (सिढीँ) निर्माणको लागी आवश्यक बजेट बिनियोजन गरिएको छ । उक्त स्थानवाट नुवाकोटको अधिकांश स्थानको अवलोकन गर्न सकिन्छ ।

यसैवीच, नुवाकोटको पिपलटारमा पुरानो, ऐतिहासिक कुवा तथा धारो संरक्षण गरिएको छ । बिदुर नपाको कुल पांच लाख रुपैयाको लागतमा बिदुर नपा ५ पिपलटारस्थित माझडांडा ऐतिहासिक कुवा तथा धारो संरक्षण गरिएको हो । यसवाट सो स्थानका सार्वसाधारण तथा पैदलयात्रुलाई पिउनेपानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष रामेश्वर गजुरेलले जानकारी दिए ।


सर्वाधिक रुचाइएको