रगतका लागि रक्तदान
– १८ जनाले गरे रक्तदान
बिदुर – स्थानीयस्तरमै रगत आपुर्तिको उद्धेश्यले नुवाकोटको बट्टारमा रक्तदान कार्यक्रम गरिएको छ । विभिन्न समुदायका व्यक्तिहरुले रक्तदान गरेका छन् । नेपाल मोवाइल व्यवसायी महासंघ नुवाकोट स्थापनाको अवसरमा बिदुर नपा ४ वट्टारवजारमा शनिवार खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा तीन महिलासहित १८ जनाले रक्तदान गरेका छन् । रेडक्रस रक्तसन्चार केन्द्र नुवाकोट, बिदुर युवा रेडक्रस सर्कल तथा बिदुर ४ वडाको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । नुवाकोटमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको आयोजक नेपाल मोवाइल व्यवसायी महासंघ नुवाकोटले जनाएको छ ।

















































