बन समितिले दियो शैक्षिक सामग्री
बिदुर – नुवाकोटको विभिन्न विद्यालयलाई एक बन समितिले शैक्षिक सामग्री प्रदान गरेको छ । यसवाट विद्यार्थीहरुलाई सुविधा पुगेपछि उनीहरु निकै खुसी भएका छन् ।जोगीडाँडा सामुदायिक वन उपभोक्ता समितिद्वारा स्थानीय विद्यालयहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।

बन समितिले विदुर नगरपालिका –३ स्थित क्षेत्रपाल आधारभूत विद्यालय र प्रगतीशील माविमा शैक्षिक सामग्री वितरण गरेको हो । बन समितिले क्षेत्रपाल आविमा ४० थान झोला, कापी तथा अन्य स्टेशनरी सामग्री प्रदान गरेको हो । वन उपभोक्ता समितिका अध्यक्ष आरपी रिमालले कार्यक्रमकावीच विद्यार्थीहरुलाई ति शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष रिमालले विद्यार्थीहरुलाई शैक्षिक विकासमा वन समितिले सदै सहयोग गर्ने बताए । कार्यक्रममा विद्यालयका अध्यक्ष धनपति नेपाली, प्रधानाध्यापक हरिप्रसाद अर्याल, शिक्षक सावित्री रिमाललगायतले शिक्षको महत्वका सन्दर्भमा आफ्नो मन्तब्य राखेका थिए ।
उक्त सामुदायिक वन उपभोक्ता समितिले विदुर नपा ३ खड्गभन्ज्याङस्थित प्रगतिशिल माविलार्ई पनि स्टेशनरी सामग्री वितरण गरेको छ ।











































