दुप्चेश्वरधाम पत्ता लगाउनेको शालिक निर्माण
बिदुर – पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको प्रसिद्ध दुप्चेश्वर धाममा दुप्चेश्व पत्ता लगाउने गोठालोको शालिक निर्माण गरिएको छ । गाइसहितको नवनिर्मित शालिक र मुर्तिको अनावरण गरिएको हो । दुप्चेश्वर गाउँपलिका ६ दुप्चेश्वर धाममा अवस्थित दुप्चेश्वर महादेवको शिला पत्ता लगाउने सोही ठाउँका करेजुङ निवासी परापूर्वकालको गाई गोठाला बासुु तामाङको शालिक निर्माण गरिएको हो ।

संगै नेपालको राष्ट्रिय जनावर गाइको मुर्तिसमेत निर्माण गरिएको छ । दुप्चेश्वर पत्रा लगाएका वासु तामाङको सम्मान, सम्झना र इतिहासको संरक्षणको उद्धेश्यले दुप्चेश्वर धाम परिसरमा उनको अर्धकदको शालिक निर्माण गरी अनावरण गरिएको हो । दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष तथा दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङले कार्यक्रमकावीच गोठालो बासुु तामाङको शालिक र गाईको मुर्ति अनावरणसंगै उद्घाटन गरेका हुन् ।

गापा अध्यक्ष थापाले दुप्चेश्वर धाम नेपालकै प्रसिद्ध धामका रुपमा रहेको कारण आन्तरिक तथा वाह्य धार्मिक पर्यटकहरु आउने क्रम वढेको वताए । हिन्दु तथा वौद्ध समुदायको साझा तीर्थस्थलको रुपमा परिचित दुप्चेश्वरसम्म जान यातायातको सहजता रहेका कारण दैनिक रुपमा तीर्थयात्रीहरु वढिरहको अध्यक्ष थापाले वताए । शालिक अनावरण कार्यक्रममा जनप्रतिनिधिहरु, दुप्चेश्वर क्षेत्र विकास कोषका पदाधिकारी तथा सदस्यहरु, आरति समूह, कर्मचारीहरु साथै दुप्चेश्वर धाम सम्वद्ध सबै व्यक्तिहरु, तीर्थयात्रीहरु, समाजका विभिन्न क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कुल ५ लाख रुपैयाको लागतमा पित्तलको उक्त शालिक तथा मुर्ति निर्माण गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले वताए । यसैवीच, प्रसिद्ध दुप्चेश्वरमा भक्तजनहरुको आगमन वढिरहेको छ । शनिवार एकैदिन धाममा कुल एकलाख बीस हजार चारसय पाँच रुपैयाँ भेटी संकलन भएको छ ।

दुप्चेश्वर धाममा मध्यान्ह आरतीमार्फत ४८ हजार नौसय ६० र क्युआर कोडमार्फत एकहजार चारसय पांच रुपैया भेटी संकलन भएको हो । प्रत्येक दिन दुप्चेश्वर धाम परिसरमा सांझ ५ बजे दुप्चेस्वर धामको भेटी गणना गर्ने कार्य भइरहेको छ ।
























































