बाढी पीडितहरुलाई धमाधम घर निर्माण

– पुर्नस्थापनामा जोड
लोकखबर
२०८३ आश्विन २५, आईतवार २२:२१

बिदुर – लेन्देखोलावाट रसुवागढीमा हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा घरहरु ध्वस्त पारेपछि अस्थाय िआवास निर्माण कार्य भइरहेको छ । यसवाट पीडितहरुलाई राहत मिलेको छ । गत भदौ १० गते वुधवार विहान १० वजे त्रिशूली नदीमा आएको विनासकारी बाढीले नुवाकोटको चार स्थानीय तहमा प्भावित गरेको छ ।

बाढीले बिदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र म्यागङ गापाका मानवयि तथा भौतिक क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । ति स्थानीय तहहरुमा बाढीले् एकहजार आठसय १३ घर क्षति भएको प्रशासकिय अधकिृत रुपेशप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार जसमध्ये एकहजार सातसय ६ घर पूर्ण र एकसय सात घर आंशिक क्षति भएका छन् ।

बाढीले घरवार विहीन भएकाहरुले सकरारले छिटो पुर्नस्थापना गरिदिनु पर्ने माग गरेका छन् । यसैवीच, नुवाकोटको बेलकोटगढी नगरपालिकामा पीडितहरुलाई अस्थायी आवास निर्माण सुरु भएको छ । बेलकोटगढी नपा ७ मा १५ वटा अस्थायी घर निर्माण गरिएको छ । उक्त निर्माणसंगै उद्धार, राहत र पुनस्र्थापनामा जुटिएको वाइसिएल नेपालले जनाएको छ ।

वाइसिएल नेपालले अन्य स्थानमासमेत अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरणदेखि क्षतिग्रस्त संरचना÷भग्नावशेषबाट धनसामान उद्धार गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने काम गर्दै आएको वाइसिएल नेपाल नुवाकोटले जनाएको छ ।


सर्वाधिक रुचाइएको