बाढीको भग्नावशेष सफा गरिदै

– कतै स्वंसेवक त कतै दलहरुको सहयोग
लोकखबर
२०८३ आश्विन २५, आईतवार १८:५४

बिदुर – डेढ महिना अगाडिको प्रलयकारी बाढीपछि भग्नावशेषमा परिणत भएका नुवाकोटका विभिन्न बजारका भग्नावशेषहरु सफा गर्ने कार्य भइरहेको छ । उक्त कार्यक्रम स्वंसेवक तथा राजनीतिक दलहका कार्यकर्ताहरुले साथ दिइरहेका छन् । नुवाकोटको त्रिशूली, ढुंगे, वेत्रावति, देवीघाट बजारमा अहिले उत्खनन कार्य भइरहेको छ ।

बाढीले वचेका घर सफा गरेर वडादशैं अगाडि व्यवस्थापन गर्न सकिन्छ कि भनेर सरसफाई गरिएको बिदुर नपा ५ देवीघाटका बाढी पीडित दीपेन्द्र न्यौपानेले वताए । तीन घले घर बाढीले क्षति गरेकोको एउटा तल्ला सफा गर्दा ४० हजार रुपैया खर्च लागेको न्यौपानेले वताए । अरु तल्ला सफा गर्न पनि उत्तिकै खर्च लाग्ने उनले वताए ।
कतिपय स्थानमा भने विभिन्न निकायका स्वंसेवक तथा राजनीतिक दलका कार्यकर्ताहरुले सरसफाई गरिरहेका छन् । उत्खननका क्रममा त्रिशूलीवजारमा गणेशको मन्दिर भेटिएको छ ।

बाढीले पुरिएको त्रिशूली बजारका भग्नावशेष हटाउने क्रममा भेटिएको मन्दिरले स्थानीयको ध्यान तानेको छ । बाढीले क्षति पु¥याएका घर सरसफाइमा विभिन्न निकायका स्वंसेवक तथा राजनीतिक दलका कार्यकर्ताहरुले साथ दिइरहेका छन् । दलका युवा संगठनहरुका साथै श्रम संस्कृति पार्टीका श्रमदाता पनि घर सरसफाइमा जुटेका हुन् ।

विदुर नगरपालिका–१, ढुङ्गेमा बाढीले पुरेका तथा क्षति पु¥याएका घरहरूको सफाइमा श्रम संस्कृति पार्टीका श्रमदाताहरू जुटेका हुन् । उपत्यका श्रम विभागबाट आएका श्रमदाता तथा ललितपुर कमिटीको व्यवस्थापनमा दुईवटा डोजर प्रयोग गरी सफाइ कार्यक्रम गरिएको हो ।

 


सर्वाधिक रुचाइएको