१२ मिनेटमै बगर बने पहिचान बोकेका बजारहरु

बाढीको बबण्डरले जीवन नै परिवर्तन, फेरी उठाउने प्रतिवद्धता
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन २५, आईतवार २२:१५

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा बबण्डर मच्चाउंदा निकै व्यस्त बजारहरु वगरमा परिणत भएका छन् । बाढीको बबण्डरले मानिसहरुको जीवन नै परिवर्तन गरिदिएको छ । बाढीले नुवाकोटमा मात्रामा धनजनको क्षति गरेको छ । वाढीले नदीमा रहेका असंख्य पुलहरु वगाएपछि पीडितहरुले अस्थायी पुल तथा अस्थायी वासस्थानको माग गरेका छन् ।

भोलीपल्टको जनैपुर्णिमाको स्वागतार्थ भदौ १० गते बुधवार विहान पौने १० बजेसम्म चहलपहलले व्यस्त भएको नुवाकोटको ऐतिहासिक ढुंगे, देवीघाट, त्रिशूली र बेत्रावतिबजार अहिले बगरमा परिणत भएको छ । यि बजारमात्र होइन, नुवाकोटका तुप्चे, सोले, अक्करेलगायतका प्रमुखबजारहरु अकल्पनीय बाढीले १२ मिनेट पनि नवित्दै बगरमा परिणत गरिदिएको छ । हजारौं घर बाडीमा विलिन भएका छन् । कयौं मानिस हराइरहेका छन् । हजारौं रोपनी खेतियोग्य भुमि बाढीले सिनित्तै पारेर वगर वनाइदिएको छ ।

बाढीले ति बजार क्षेत्र अहिले खण्डहर वनाएर चिन्नै नसकिने अवस्थामा पुगेका छन् । बाढीले नुवाकोटको वेत्रावतिबजार र सोले बजारमा सलाखु खोला र फलाखु खोलासम्म नै बगरमा परिणत भएको छ । भीषण बाढीले घर, पसल, पुल र धार्मिक संरचनासमेत बगाएपछि वर्षौंदेखिको बजार क्षेत्र बगरमा परिणत भएको छ । बाढीले नुवाकोटका त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पु¥याएको छ । देवीघाट, ढुंगेबजार र त्रिशूलीबजार क्षेत्रमा बाढीले पु¥याएको क्षति भौतिक संरचनामा सीमित छैन ।

स्थानीयले पुस्तौंदेखि जोडेर बनाएको सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानसमेत संकटमा परेको छ । स्थानीय तहले क्षतिका प्रारम्भिक तथ्यांक निकाल्ने कार्य गरिरहेको छ । नदीका किनारामा रहेका बजारका पहिलेका घर र पसल रहेको स्थानमा ढुंगा, माटो र लेदोले भरिएको छ । कतै घरका भित्ताबाँकी छन् भने कतै सटर र पिलरका अवशेषले मात्र त्यहाँबस्ती रहेको अनुमानमात्रै गर्न सकिन्छ । पुस्तौदेखि बिदुर नगरपालिका ५ देवीघाटमा व्यवसाय गर्दै आएका कृष्णवहादुर कोइराला एक स्थानीय व्यापारीले आपूmले जीवनभर कमाएर बनाएको पसल र घर सेकेण्डभरमै ध्वस्त भएको बताए । उनका अनुसार बाढी आउनुअघि त्रिशूली नदीको बहाव असामान्य बनेको सूचना पाएपछि स्थानीय सुरक्षित स्थानतर्फ सर्न खोजेका थिए ।

यसपटक पानी एक्कासी सुनामी झै २० देखि ३० फिट माथिवाट उफ्रिदै ठूलो बाढी आएको स्थानीयले बताउँछन् । सुनामी झैं आएको उक्त वहाव बाढी नै भन्न नमिल्ने स्थानीयवासी वताउंछन् । बाढीले देवीघाट क्षेत्रका धार्मिक तथा ऐतिहासिक सम्पदामासमेत ठूलो क्षति पु¥याएको छ । देवीघाटमा रहेको जालपादेवी मन्दिर, ६४ लिङ्ग शिवधामलगायतका धार्मिक स्थलसमेत ध्वस्त भएको छ । पुरानामन्दिर र आसपासका संरचना भत्किएपछि देवीघाटको सांस्कृतिक पहिचानसमेत नष्ट भएको छ । बिहानसम्म सामान्य दिनभैm चलिरहेको बिदुर नपा १ स्थित त्रिशूलीबजार केही मिनेटपछि चिन्नै नसकिने अवस्थामा पुग्यो ।

मानिसहरू आफ्नो दैनिक काममा व्यस्त थिए, पसलहरू खुल्दै थिए र बजारमा नियमित चहलपहल थियो । तर, एकाएक आएको भीषण बाढीले त्यो दृश्यलाई पूर्णतः त्रासमा परिवर्तन गरिदियो । बाढीको शक्तिशाली भेल बजार क्षेत्रमा प्रवेश गरेपछि घर, पसल र अन्य संरचनामा ठूलो क्षतिपुग्यो । केही समयअघिसम्म व्यापारिक गतिविधिले भरिएको स्थान अहिले लेदो, बालुवा, ढुंगा र भत्किएका संरचनाको थुप्रोमा परिणत भएको छ । बाढीपछि बजारका केही ठूला भवनमात्र आंशिक रूपमा उभिएका देखिन्छन् । तर, तिनको वरिपरिको भूभागनदीले बगाएर ल्याएको बालुवा र माटोले पुरिएको छ ।

कतिपय भवनका भित्ता र तल्ला क्षतिग्रस्त छन् भने धेरै पसल तथा साना संरचनाको अस्तित्व नै मेटिएको छ । त्रिशूलीनदीको सतह विस्तारै घट्दै पुरानै धारतर्फ फर्किन थाले पनि बजारको अवस्था भने पहिलेको जस्तो छैन । प्रलयकारी बाढीले तहसनहस पारेको नुवाकोटका धार्मिक तथा ऐतिहासिक बजारहरु पुर्ननिर्माण गनुृपर्ने स्थानीय युवाहरुको माग रहेको छ । सदियौंदेखि नुवाकोटको मात्रै नभई देशकै पहिचानको रुपमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकिय वजारहरु पुर्ननिर्माण गरेर स्थानीय सभ्यता तथा संस्कृतिको निरन्तरता दिनुपर्ने अभियानमा युवा समुदाय जुटेका छन् ।

नुवाकोटको त्रिशूली, देवीघाट, वेत्रावति आफैंमा विशेष पहिचान बोकेको वजारहरु हुन् । यि वजारहरुका छुट्टाछुट्टै मौलिकता वोकेका छन् । ति वजारमा नेवार सुमदायको वहुल्यता रहेको छ भने उनीहरुलाई मिश्रित समुदायले साथ दिइरहेका छन् । त्रिशूली, देवीघाट नेपालको सांढे दुई सय वर्ष भनदा अगाडि देखिकै ऐतिहासिक समयदेखि नै चर्चामा रहेको वजारहरु हो । वेत्रावति उत्तरगया श्राद्ध महिमाले घेरिएको वजार हो ।

ति वजारहरुको मौलिकताको निरन्तरता दिन युवा समुदाय जुटेको त्रिशूली वजारका महेन्द्र श्रेष्ठ वताउंछन् । बाढीले क्षति गरेको पहिचानलाई उठाउने हिम्मत युवा समुदायमा रहेको उनले प्रतिवद्धता जनाए । बाढीले ध्वस्त पारेको देवीघाट बजारका युवा नवीन चित्रकार बाढीले मानवीय, भौतिक संरचनामा क्षति गरेको छ । तर, देवीघाटको पहिचान मासिन दिन नहुने पक्षमा आफुहरु रहेको वताउंछन् । बाढीले स्वरुप नै परिवर्तन गरिदिएको वेत्रावतिका अष्टमान डंगोल मौलिकता, पहिचान तथा सम्पदाको पुर्ननिर्माणसहित युवाहरु जुटेको वताए । उनले युवा समुदायलाई साथ दिन सवै जना तयार रहेकोसमेत वताए ।

पहिले बाढीले उग्र रहेको त्रिशूली नदी हाल भने शान्त देखिन थालेको छ । तर, बाढीले छाडेको विनाशले कुरुप देखिएको छ । स्थानीयहरू अहिले आफ्नो घर र व्यवसायका अवशेष खोजिरहेका छन् । कतिपयले जीवनभरको कमाइ बाढीमा गुमाएका छन् । कतिपय परिवार सुरक्षित स्थानमा बसेर अबको बसोबास र जीविकोपार्जनको बाटो खोजिरहेका छन् ।


सर्वाधिक रुचाइएको