बाढीले गरेको निरन्तर कटानले त्रास

– रातभर निदाउंदैनन् दर्शनटारवासी
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन २५, आईतवार २२:०५

बिदुर – तीन साता अगाडि लेन्देखोलावाट रसुवागढीमा हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा कटान गर्न सुरु गरेकोमा मानवगीय बस्तीमा क्षति पुगेको छ । नुवाकोटको दर्शनटार र तारुकावेसीका जनता त्रिशूलीको निरन्तर कटानले दिनरात त्रासमा वस्न वाध्य भएका छन् । त्रिशूलीको बाढीले तारकेश्वर गाउंपालिका २ र ४ मा निरन्तर कटान गरिरहेको छ । मानवीय बस्ती जोखिममा परेको छ । बाढीले कटठान गर्दा दर्शनटार, सुहारा, खैरेनी, तारुकाघाट, माझगिाउं र पिलमटार गाउं जोखिममा परेका छन् ।

तारकेश्वर गापा ४ दर्शनटारमा ११ घर पुर्ण रुपमा क्षति भएका छन् भने २९ घर जोखिममा रहेको वडाध्यक्ष हरि पौडेलले जानकारी दिए । उनका अनुसार बाढीले तीनसय रोपनी खेतियोग्य जमिनसमेत कटान गरिसकेको छ । उता, तारकेश्वर २ तारुकाघाट, माझगिाउं र पिलमटार गाउंमा बाढीले कटान गर्दा ३७ घर जोखिममा परेका छन् । दुवै वडाका ति बस्ती नै स्थानान्तरण गर्नुपर्ने गाउंवासीको भनाई छ ।

यता, नुवाकोटको बिदुर नगरपालिका ४ वसपार्कस्थित पुर्वी भेग पनि त्रिशूली नदीको बाढीले कटान गर्दा जोखिममा परेको छ । स्थानीयवासी रात दिन आफ्नो घर, पसल तथा व्यवसाय कटान भएकोमा चिन्तित रहेका छन् । गत भदौ १० गते वुधवार विहान १० वजे रसुवागढी हुदैको भोटेकोसीवाट त्रिशूली नदीमा आएको प्रलयकारी बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गापाको दर्शनटार र तारुका क्षेत्रमा कटान तीव्र भएको गापा अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

उनका अनुसार नदीको कटानका कारण दर्जनौँ घर जोखिममा परेका छन् । केही घर बगिसकेका छन् । उनीहरुका लागि पुर्नस्थापनाको कार्य सुरु गरिएको अध्यक्ष अधिकारीको भनाई छ । त्रिशूली नदीले बस्तीनजिकैको जमिन तथा सयौं रोपनी खेतबारी लगातार कटान गर्न थालेपछि स्थानीयमा घरबार नै बग्ने त्रास बढिरहेको छ ।
नदीको धार बढ्दै जाँदा बस्ती र खेतीयोग्य जमिनतर्फ कटान फैलिँदै गएको तारकेश्वर २ का वडाध्यक्ष शिवप्रसाद पनेरुको भनाइ छ । उनका अनुसार भीषण बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गापाको तारुकाघाट र दर्शनटार क्षेत्रमा नदी कटान तीव्र बनेको हो ।

बाढीपछि पनि त्रिशूली नदीले बस्तीनजिकको जमिन र खेतबारी कटान गर्न थालेपछि स्थानीयवासीमा घरबार नै बग्ने चिन्ता बढेको छ । नदीको बहाव बढेसँगै कटान बस्ती र खेतीयोग्य जमिनतर्फ फैलिँदै गएको स्थानीयले बताएका छन् । त्रिदेशिय मार्गको गल्छी हुँदै नुवाकोटको देवीघाट तथा ढुंगेवाट वेत्रावति पुग्ने सडक आसपास समेत हजारौं रोपनीमा नदी कटानको प्रभाव देखिएको छ । नदी किनारमा रहेका सयौं घर, खेतबारी तथा अन्य संरचनासमेत जोखिममा परेको बिदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।

कटान रोकथामका निम्ति तत्काल तटबन्ध तथा संरक्षणका काम गर्नुपर्ने स्थानीयवासीको माग छ । बाढीपछि नदीमा थुप्रिएको ढुंगा, बालुवा तथा माटोका कारण कतिपय स्थानमा नदीको धार परिवर्तन समेत भएको छ । यसले कटानको जोखिम थप बढाएको वान्द्रेका स्थानीय मुरलीप्रसाद थपलियाको भनाई छ । उनका अनुसार जोखिममा रहेका घरवस्तीलाई सुरक्षित वनाउन त्रिशूलीको धार पुरानै अवस्थामा फर्काउनु पर्ने उनको भनाई छ ।

नदी नियन्त्रणका निम्ति दीर्घकालीन योजना बनाउनुपर्ने माग समेत गरिएको छ । बाढीपछि पनि त्रिशूली नदीले बिदुर तथा वेलकोटगढी नपा, तारकेश्वर र किस्पाङ गापाको बस्ती नजिकैको जमिन तथा खेतबारी धमाधम कटान गर्न थालेपछि स्थानीयमा घरबार नै बग्ने त्रास बढेको छ । नदीको बहाव बढ्दै जाँदा बस्ती र खेतीयोग्य जमिनतर्फ कटान फैलिँदै गएको स्थानीयको भनाई छ । बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको चार स्थानीय तहको विभिन्न स्थानमामा नदी कटान तीव्र भएको हो । त्रिशूली नदीले बस्ती नजिकैको जमिन तथा खेतबारी कटान गर्दा दर्जनौँ घर जोखिममा परेका छन् र केही घर बगेका छन् ।

स्थानीयले कटान रोकथामका लागि तत्काल तटबन्ध तथा संरक्षणका काम गर्नुपर्ने, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने र नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने माग गरेका छन् । बाढीपछि त्रिशूली नदी आसपासका विभिन्न क्षेत्रमा भएको क्षतिको यकिन विवरण संकलन तथा जोखिमयुक्त बस्तीको पहिचान आवश्यक देखिएको छ भने सम्वन्धित स्थानीय तह, जिल्ला प्रशासन र सरोकारवाला निकायले नदी कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी तत्कालीन तथा दीर्घकालीन सुरक्षाका उपाय अघि बढाउनुपर्ने अवस्था छ ।


सर्वाधिक रुचाइएको