बेतिनीमा स्वास्थ्य चौकी भवन उद्घाटन
बिदुर – सर्वसाधारण गाउंवासीको सुविधकाका लागि नुवाकोटको पुर्वी भेगमा रहेको बेतिनीमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । यसवाट गाउ.वासलिे गाउंवाटै स्वास्थ्य सेवा प्राप्त गरेका छन् । दुप्चेश्वर गाउंपालिका –४ वेतिनीमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटनसंगै सञ्चालनमा आएको हो ।

दुप्चेश्वर गापाको बेतिनी सानुगोल्फूमा नवनिर्मित आधुनिक स्वास्थ्य चौकी भवनको गापा अध्यक्ष शंकरबहादुर थापाले साँचो हस्तान्तरण तथा स्वास्थ्य सेवाको शुभारम्भ गर्दै हस्तान्तरण गरे । उनले गाउंवासीलाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिन आग्रह गरे । नवनिर्मित उक्त स्वास्थ्य भवनबाट स्थानीयवासीले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

वेतिनीका नागरिकले अब आफ्नै गाउँमा स्वास्थ्य सेवा लिन सहज भएकाले स्थानीयवासी लाभान्वित हुने विश्वास गरिएको दुप्चेश्वर गापा कार्यालय समुन्द्रटारले जनाएको छ । उक्त स्थान तामाङ समुदायको अत्याधिक वसोवास भएको स्थान हो ।











































