खोलाले बगाउंदा छात्राको निधन

– अर्की विद्यार्थी घाइते
लोकखबर
२०८३ असार २९, सोमबार ००:४२

बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको देउराली खोलाले बगाउंदा स्थानीय विद्यालयमा अध्ययनरत एक जना छात्राको निधन भएको छ । उनीसंगै वगेकी अर्की छात्रा घाइते भएकी छन् । सदरमुकाम बिदुरदेखि ३७ किलोमिटर दुरी पुर्वमा रहेको ककनी गाउंपालिका ६ पैतिसकिलो घर भएका दिदीबहिनी दुई जना छात्राहरुलाई विद्यालयवाट घर फर्किने क्रममा आइतवार देउराली खोला तर्ने क्रममा दिदी ११ वर्षिया सोनु तामाङ र बहिनी ८ वर्षिया छोयताङ तामाङलाई वगाएकोमा छोयताङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको शव तीनसय मिटर तल फेला परेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार विद्यालयबाट घर फर्किने क्रममा २ जना बालिकाहरुलाई देउराली खोलाले बगाएको जानकारी प्राप्त भएपछि ककनी प्रहरीचौकीटबाट प्रहरी निरीक्षक रवीनकुमार गुप्ताको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुग्दा स्थानीयवासी तथा आफन्तजनले उनीहरु वगेको स्थलभन्दा तीनसय मिटर तल खोलाबाट २ जना बालिकाहरुलाई निकालेका थिए । ८ वर्षिया छोयताङ तामाङको घटनास्थलमै मृत्यु भएको र घाईते सोनु तामाङको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको