सामुदायिक साइक्लिङ अभियान
बिदुर – खेल, पर्यटन र पर्यावरणलाई एकसाथ अगाडि वढाउने उद्धेश्यले नुवाकोटको बिदुरमा आयोजित कोरा साइक्लिङको दोश्रो संस्करण समपन्न भएको छ । बिदुरमा शनिवार आयोजित उक्त कोरा साइक्लिङ सयौंको सहभागितामा समापन भएको छ । “खेल, स्वास्थ्य, पर्यटन र पर्यावरण“लाई एकसाथ लैजाने उद्देष्यले बिदुर नगरपालिकाको आयोजनामा गत वर्षदेखि सन्चालन भएको ‘विदुर कोरा साईक्लिङ च्यालेञ्ज’ यस वर्ष पनि शनिबार सन्चालन गरिएको हो ।

सहभागीहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले समापन गरेका हुन् । विदुर नपाको आयोजनामा सन्चालित “विदुर कोरा साइकलिङ च्यालेञ्ज–२०८३“ विभिन स्थान पार गरि समापन गरिएको हो । “पर्यावरणमैत्री यात्रा, शारीरिक स्वास्थ्य प्रवद्र्धन र परोपकारी उद्देश्य“ लाई आत्मसात् गर्दै सन्चालित उक्त साइक्लिङ च्यालेञ्जले स्वच्छ वातावरण संरक्षण, स्वस्थ्य जीवनशैलीको प्रवद्र्धन, साइकल संस्कृतिको विकास तथा सामाजिक सेवामा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको मेयर श्रेष्ठको भनाई छ ।

स्वस्थ्य जीवनशैली, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले सन्चालित यस अभियानमा विभिन्न क्षेत्र तथा समुदायका साइकलयात्रीको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी व्यक्तिहरूलाई कार्यक्रमको सन्देश अंकित टी–शर्ट, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । गत वर्ष सो साइक्लिङको पहिलो सस्करण गरिएको थियो ।

नेपालकै सबैभन्दा ठूलो सामुदायिक तथा च्यारिटी साइक्लिङ अभियानको रुपमा सन्चालित ’विदुर कोरा च्यालेन्ज–२०२६’ नुवाकोटको विदुरमा सम्पन्न भएको हो ।आयोजक विदुर नगरपालिकाको कार्यालयबाट सुरु भएको सो अभियानमा विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटीसहित एकसय १० जना भन्दाबढी साइकलयात्रीको सहभागिता रहेको थियो । सहभागीहरूले विभिन्न रुट पूरा गर्दै पुनः विदुर नपाको कार्यालयमा नै पुगेर यात्रा सम्पन्न गरेका थिए ।

शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो यातायात प्रवद्र्धनलाई अभियानको मुख्य उद्देश्य बनाइएको थियो । समापन गर्दै मेयर श्रेष्ठ, उपमेयर बोगटी, वडाध्यक्षहरुबाट सहभागीलाई प्रमाणपत्र र पदकसमेत वितरण गरिएको थियो । यस कार्यक्रममा विदुर नगरपालिकाको उपमेयर प्रभा बोगटीसहित विभिन्न वडाका वडाध्यक्षहरु सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।






















































