दुप्चेश्वर धाममा प्रहरी पोष्ट स्थापना
बिदुर – पशुपतिनाथको पर्यायको रुपमा रहेको प्रसिद्ध दुपचेश्वर धाममा प्रहरीचौकस् स्थापना गरिएको छ । यसवाट धाम तथा भक्तालुहरुको सुरक्षामा मजवुती थपिएको छ । दुप्चेश्वर गाउँपालिका ६ स्थित करेजुङको पहरामा रहेको दुप्चेश्वर जान काठमाडौ तथा नुवाकोटवाट पक्कि सडकमार्गको पहुंच रहेको छ । गापा र दुप्चेश्वर क्षेत्र विकास कोषको अनुरोधसहितको माग अनुसार दुप्चेस्वर धाम परिसरमा अस्थायी चौकी सन्चालन भएको छ ।

प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरी धाम परिसरमा खटिएका छन् । हाललाई अस्थायी पोष्टका रुपमा स्थापना गरिएको प्रहरी पोष्ट दुप्चेश्वर धाममा अव स्थायी प्रहरी चौकी राख्नका लागि आवस्यक पहल गरिने दुप्चेश्वर गापा तथा दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । उनका अनुसार दुप्चेश्वर धाम हिन्दु तथा वौद्दमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ ।

दुप्चेश्वर धाममा प्रत्येक सोमवार, शनिवार, विहीवार भक्तजनहरुको भीड लाग्ने गरेको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठको भनाई छ । दुप्चेश्वर धाममा धान्यपुर्णिमा, शिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ । दुप्चेश्वर नेपालकै मुख्य तीर्थस्थलका रुपमा विकसित भइरहेको र विभिन्न धार्मिक संरचनाहरुसमेत निर्माण भइरहेको दुप्चेश्वर गापाका भुपेन्द्र केसीले जानकारी दिए ।















































