मर्सिकोर-बाल कल्याणको सर्भ परियोजना

घर निर्माणमा सहयोग पाउँदाको खुशी

लोकखबर
६ असार २०७६, शुक्रबार ०७:३०

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७, हात्तिखोलाकी भुकम्पकी लाभग्राही ७९ वर्षिया वृद्दा आइतीमाया राईले बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा सञ्चालित सर्भ परियोजनामार्फत घर निर्माणमा आर्थिक सहायता तथा प्राविधिक सहयोग पाइन् । संस्थाले सञ्चालन गरिरहेको संकटासन्न घरधुरीका लागि भुकम्पीय पुनलार्भ परियोजना (सर्भ परियोजना) मार्फत आर्थिक ५० हजार तथा घर निर्माणका लागि आवश्यक सबै प्राविधिक सहयोग प्राप्त गरेकी हुन् ।
भुकम्पले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले दिएको तीन लाख रुपैया अनुदानका अतिरिक्त संस्थाले थप आर्थिक तथा प्राविधिक सहयोग गरेपछि ज्येष्ठ नागरिक आइतीमायाको नयाँ घर तयार भएको हो । सर्भ परियोजनामार्फत प्रदान गरिने रकम हस्तान्तरण गर्न आइतीमायाको नव निर्मित घरमा पुगेका राष्ट्रिय मानव अधिकार प्रदेश ३ का निर्देशक यज्ञप्रसाद अधिकारी समक्ष आइतीमायाले आफूले भूकम्पले भत्काएपछि नयाँ घर बनेकोमा खुशी व्यक्त गरिन् । पुननिर्माण प्राधिकरणको लाभग्राही सूचीमा जोखिमवर्गमा परेकी वृद्घा आइतीमायाको घर निर्माण भएकोमा निर्देशक अधिकारीले पनि आइतीमाया संगै खुशी साटासाट गरे । ‘संस्थाले परियोजनामार्फत सहयोगापेक्षीका लागि गरेको सहयोगले साह्रै मन छोयो । ’ निर्देशक अधिकारीले भने,‘दुःखी, असाहाय हरुका पक्षमा सर्भ परियोजना प्रभावकारी बनेको पाएँ । ’
क्षेत्रिय निर्देशक अधिकारीले परियोजना अन्तर्गत सम्पन्न भएका विभिन्न कार्यको स्थलगत अवलोकन समेत गरे । अवलोकनका क्रममा उनले परियोजना लक्षित वर्गसम्म पुगेर प्रभावकारी काम गरेको भन्दै प्रसंशा समेत गरे ।
बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहकार्यमा मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालन गरिरहेको परियोजनामार्फत बकैयाका आइतीमाया जस्ता २० जना भूकम्पका जोखिम वर्ग सूचीमा रहेका लाभग्राहीलाई सहयोग गरिएको छ । संस्थाका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाका अनुसार परियोजनामार्फत दिइने आर्थिक सहयोग तथा प्राविधिक सहयोगबाट जोखिम वर्गका लाभग्राहीको घर निर्माणका लागि ठूलो सघाउ पुगेको छ ।


परियोजनाका टेक्निकल प्राविधिक राजेन्द्रसिंह धामीका अनुसार परियोजना मार्फत बकैया गाउँपालिकामा निर्माण गरिएका जोखिम वर्गका भूकम्पका लाभग्राहीका घर राष्ट्रिय पुननिर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार भूकम्प प्रतिरोधी छ । ‘जोखिम वर्गमा रहेका अशक्त, विपन्न, अपाङ्गता, ज्येष्ठ नागरिकलाई निर्धक्क भएर बस्नका लागि घर निर्माण गर्न आवश्यक प्राविधिक सहयोग पु¥याउँन पाउँदा हामीलाई पनि खुशी लागेको छ । ’ सुपरभाइजर धामीले भने ।
बकैया गाउँपालिकामा पुनर्निर्माण प्राधिकरणको जोखिम वर्गको सूचीमा रहेका ४० जना भूकम्प लाभग्राहीलाई सहयोग गर्ने कार्यक्रम भएपनि सरकारले तोकेको मापदण्ड अनुसार निर्माण गर्नका लागि समस्या भएको सर्भ परियोजनाका कार्यक्रम संयोजक रामप्रसाद दहालले जानकारी दिए । परियोजनामार्फत अन्य लाभग्राहीलाई सहयोग गर्नका लागि प्राधिकरण, बकैया गाउँपालिका, वडा कार्यालयसंग समन्वयको काम भइरहेको कार्यक्रम संयोजक दहालले बताए ।
संस्थाले परियोजनामार्फत बकैया गाउँपालिकामा जोखिम वर्ग सूचीमा रहेका लाभग्राहीको भूकम्प प्रतिरोधी घर निर्माणका लागि ५० हजार रुपैया आर्थिक तथा प्राविधिक सहयोग, विपद् व्यवस्थापनका लागि तटबन्ध, सहकारी व्यवस्थापनका लागि आवश्यक सामग्री तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम, सहजीकरण, कृषि समूहमा आबद्घ कृषकलाई आवश्यक तालिम तथा व्यवसायिक सुरुवातका लागि सहयोग, कृषि उपज संकलन केन्द्र निर्माण लगायतका कार्य गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*